नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले गत ५ वर्षहरूमा आफ्नो खातामा १४,६२७ करोड़ रुपियाँको वृद्धि गरेको छ। गत वित्त वर्षमा मात्र ४,१९३ करोड़ रुपियाँको बढ़ोत्तरी दर्ता गरिएको छ। यसरी बीसीसीआईसँग नगद र ब्यांक ब्यालेन्स मिलाएर जम्मा २०,६८६ करोड़ रुपिाँ रहेको छ। यो जानकारी एउटा रिपोर्टमा अघि आएको छ। रिपोर्ट अनुसार, राज्य संघहरूका पूरा राशि भुक्तान गरेपछि पनि बीसीसीआई-को आमदानीमा लगातार बढ़ोत्तरी दर्ता गरिएको छ। साल २०१९-मा जहाँ बीसीसीआईको सामान्य कोष ३,९०६ करोड़ रुपियाँको थियो, त्यहीँ २०२४-मा यो लगभग दोब्बर भएर ७,९८८ करोड़ रुपियाँ भएको छ। रिपोर्टअनुसार २०२४-को वार्षिक आम बैठकमा प्रस्तुत लेखा विवरणमा भनिएको छ, मानद सचिवले सदस्यहरूलाई २०१९-देखि बीसीसीआईको नगद र ब्यांक ब्यालेन्स ६,०५९ करोड़ रुपियाँबाट बढ़ेर २०,६८६ करोड़ रुपियाँ भएको अनि त्यो पनि राज्य क्रिकेट संघहरूलाई पूरा भुक्तान गरेपछि भन्ने बताए। साल २०१९ पछि बीसीसीआई-ले गत ५ सालमा जम्मा १४,६२७ करोड़ रुपियाँको बढ़ोत्तरी गरेको छ। गत एक वित्त वर्षमा मात्र यो बढ़ोत्तरी ४,१९३ करोड़ रुपियाँको रह्यो। यसबाहेक २०१९-देखि सामान्य निधि पनि ३,९०६ करोड़ रुपियाँबाट बढ़ेर ७,९८८ करोड़ रुपियाँ भएको छ, जुन ४,०८२ करोड़ रुपियाँको वृद्धि हो। बीसीसीआईले कर देनदारीहरूलाई ध्यानमा राखेर पनि ठूलो रकम अलग राखेको छ। वित्त वर्ष २०२३-२४-को निम्ति ३.१५० करोड़ रुपियाँ आयकर प्रावधानमा राखिएको छ जबकि यो मामिलामा अदालतहरू र न्यायाधिकरणहरूमा अहिले पनि चलिरहेको छ। रिपोर्टमा गत वर्ष घरेलु अन्तर्राष्ट्रिय म्याच कम्ती हुँदा मीडिया अधिकार आय पनि घटेर ८१३.१४ करोड़ रुपियाँ भएको बताइएको छ जबकि यसअघि यो राशि २,५२४.८० करोड़ रुपियाँ थियो तर जमा पुञ्जीमाथि असल रिटर्न प्राप्त हुँदा निवेशबाट आय ५३३.०५ करोड़ रुपियाँबाट बढ़ेर ९८६.४५ करोड़ रुपियाँ भएको छ। रिपोर्टअनुसार, आईपीएल र आईसीसीबाट प्राप्त हुने हिस्साको सहायताले बीसीसीआईले २०२३-२४-मा १,६२३.०८ करोड़ रुपियाँको अधिशेष कमायो, जुन २०२२-२३-को १,१६७.९९ करोड़ रुपियाँभन्दा अधिक हो। साल २०२३-२४-को निम्ति बीसीसीआईले बुनियादी ढाँचाको विकासको निम्ति १,२०० करोड़ रुपियाँ, प्लेटिनम जुब्ली बेनेवोलेण्ट फण्डको निम्ति ३५० करोड़ रुपियाँ र क्रिकेट विकासको निम्ति ५०० करोड़ रुपियाँ आवण्टित गऱ्यो। राज्य संघहरूको निम्ति १,९९०.१८ करोड़ रुपियाँ दिइयो जबकि जारी वर्षको निम्ति २,०१३.९७ करोड़ रुपियाँ दिइने अनुमान छ। रिपोर्टमा यो आँकड़ा २८ सेप्टेम्बरमा बीसीसीआईको वार्षिक आम बैठकमा औपचारिक रूपले प्रस्तुत गरिने बताइएको छ।