उषा श्रीरामले प्रिमियम प्याकेज्ड वाटर ब्रान्ड “एक्वाएरो” सार्वजनिक गर्‍यो

IMG-20250906-WA0024

कोलकाता: भारतका विश्वसनीय व्यवसायिक समूहमध्ये एक उषा श्रीराम प्रा.लि. ले शुक्रबार नयाँ प्रिमियम प्याकेज्ड ड्रिंकिङ वाटर ब्रान्ड “एक्वाएरो” को शुभारम्भ गरेको छ।
कोलकाताको होटल पार्क प्राइममा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत सतनाम संधु, हिरण बेभरेजेस प्रा.लि.का एमडी सुकमल पॉल, सेठिया उद्योग प्रा.लि.का एमडी पुखराज बी. सेठिया, टलीवुड अभिनेत्री देबलीना दत्त, ब्रान्ड लाइसेन्सिङ सल्लाहकार सौमिक मित्रा, कम्पनीका उपाध्यक्ष अजय ट्याङ्क तथा पश्चिम बंगालका जोनल हेड राजर्षि डे लगायत गणमान्य अतिथिहरू सहभागी थिए।
उषा श्रीराम, जसले आफ्ना उत्पादनहरू “युरोलेक्स” घरेलु उपकरण, लाइटिङ, सौर्य उत्पाद, इलेक्ट्रोनिक्स, कुकवेयर तथा वाटर–एयर प्युरिफायरमार्फत बजारमा बलियो उपस्थिति जमाइसकेको छ, अब प्याकेज्ड वाटर क्षेत्रमा समेत प्रवेश गरेको हो।
लन्चमा प्रस्तुत गरिएको “एक्वाएरो” आवश्यक खनिज र अक्सिजनले भरिएको पानी हो, जसले शरीरलाई हाइड्रेटेड राख्न र ताजगी दिन सहयोग गर्ने दाबी गरिएको छ। यो उत्पादन २५० मिली, ५०० मिली, १ लिटर र २ लिटर प्याकमा उपलब्ध हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement