जम्मू/उत्तरकाशी: भर्खरै परेको भारी वर्षाका कारण जम्मू र उत्तरकाशीका धेरै गाउँ प्रभावित भएका छन्। प्रभावित परिवारहरूको सहयोगका लागि भारत सेवाश्रम संघ सक्रिय भएको छ।
संघको जम्मू शाखा र उत्तरकाशी आश्रमका सन्यासि तथा स्वयंसेवकहरू केही दिनदेखि प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्दै आएका छन्। राहत कार्य विशेष गरी किशनपुर, कान्हा पोता, कन्याला, छुरता, झज्जर कोटली, माण्ड, दानसाल र बजाल्टा गाउँहरूमा केन्द्रित भएको छ। वितरण सामग्रीमा सुख्खा खानेकुरा, खाद्य सामग्री र टिरपाल समावेश छन्।
राहत कार्यको अवसरमा सांसद जुगल किशोर शर्मा र जम्मूका पूर्व महापौर चन्दर मोहन गुप्त पनि उपस्थित थिए। संघका सचिव स्वामी सत्यमित्रानन्दजी महाराजले भने, “यो सामग्री सीमित भए तापनि प्रभावित परिवारहरूको तत्काल आवश्यकतालाई पूरा गर्न मद्दत पुग्नेछ।”
सांसद जुगल किशोर शर्माले राहत प्रयासहरू उपयोगी हुने बताए भने पूर्व महापौर चन्दर मोहन गुप्तले स्थानीय प्रशासन र नागरिकहरूलाई सहयोग जारी राख्न आग्रह गरे। भारत सेवाश्रम संघका प्रधान सचिव स्वामी विश्वात्मानन्द महाराजले प्रभावित परिवारहरूलाई कपडा, खाना, टिरपाल र अन्य आवश्यक सामग्री उपलब्ध गराइरहेको जानकारी दिए।