अष्ट्रेलिया ए विरुद्ध सीरीजको निम्ति भारत ए टीमको घोषणा, श्रेयस अय्यर कप्तान

IMG-20250906-WA0097

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले शनिवार भारतीय ए टीमको घोषणा गऱ्यो। यस टीमको कप्तानी स्टार ब्याटर श्रेयस अय्यरलाई सुम्पिइएको छ जबकि विकेटकीपर ब्याटर ध्रुव जुरेल उपकप्तान हुनेछन्। भारत ए टीमले अष्ट्रेलिया ए विरुद्ध लखनऊमा २ वटा ४ दिवसीय म्याच खेल्नेछ। पहिलो म्याच १६ अनि दोस्रो म्याच २३ सेप्टेम्बरदेखि शुरु हुनेछ। दुवै म्याच बिहान ९ः३० बजीदेखि शुरु हुनेछ। पहिलो म्याच समाप्त भएपछि दोस्रो म्याच अघि भारत ए टीममा केएल राहुल र मोहम्मद सिराज पनि सामेल हुनेछन्। यी दुईजनालाई टीमका अन्य कुनै दुईजना खेलाड़ीको स्थानमा सामेल गरिनेछ। राहुल र सिराज दुवैले ९ सेप्टेम्बरदेखि शुरु हुने एशिया कपको निम्ति चयन गरिएको भारतीय टीममा स्थान पाएका थिएनन्। उल्लेखनीय छ, श्रेयसलाई यसअघि एशिया कपको टीममा सामेल गरिएको थियो तर अब उनलाई भारत ए टीमको कप्तानी गरिरहेको देखिनेछ। एशिया कपको निम्ति भारतीय टीममा श्रेयसलाई स्थान प्राप्त नहुँदा धेरैले प्रश्न उठाएका थिए कारण यस ब्याटरले गत केही समयदेखि निरन्तर असल प्रदर्शन गर्दै आएका छन्। आईपीएल २०२५-मा पनि श्रेयसले ६०४ रन बनाएका थिए। दुईवटा चारदिवसीय म्याचपछि भारत ए र अष्ट्रेलिया ए-बीच कानपुरमा ३ वटा वनडे म्याचको सीरीज पनि खेलिनेछ। वनडे सीरीजको पहिलो दुईवटा म्याच ३० सेप्टेम्बर र ३ अक्टोबरमा खेलिनेछ। यसरी तेस्रो तथा अन्तिम म्याच ५ अक्टोबरमा हुनेछ। यसको निम्ति बीसीसीआई-ले अलग टीमको घोषणा गर्नेछ।
दुईवटा ४ दिवसीय म्याचको निम्ति भारतीय ए टीम यसप्रकार रहेको छः श्रेयस अय्यर (कप्तान), अभिमन्यु ईश्वरन, एन जगदीशन (विकेटकीपर), साई सुदर्शन, ध्रुव जुरेल (उपकप्तान तथा विकेटकीपर), देवदत्त पडिक्कल, हर्ष दुबे, आयुष बडोनी, नीतीश कुमार रेड्डी, तनुष कोटियन, प्रसिद्ध कृष्णा, गुरनूर बराड़, खलील अहमद, मानव सुथार, यश ठाकुर।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement