कोलकाताको ताज बंगाल होटलमा एसोसिएशन अफ कर्पोरेट एडभाइजर एण्ड एग्जिक्यूटिव्स (एसीएई) द्वारा आयोजित वार्षिक सम्मेलन २०२५ सम्पन्न भएको छ। यस सम्मेलनमा देशका प्रतिष्ठित व्यवसायिक अधिकारी, नीति निर्माता, शिक्षाविद् र पेशेवरहरूको ठूलो उपस्थिती थियो। सम्मेलनको मुख्य उद्देश्य कर्पोरेट नेतृत्व, नवप्रवर्तन र नैतिकतामा आधारित पेशागत क्षमताको प्रवर्द्धन गर्नु रहेको थियो।
सम्मेलनको उद्घाटन भारतका सर्वोच्च अदालतका पूर्व न्यायाधीश न्यायमूर्ति ए.के. पटनायकले गरे। कार्यक्रममा एसीएईका अध्यक्ष एडवोकेट (सीए) तरुण कुमार गुप्ता, सीए प्रमोद दयाल रूंगटा, महासचिव सीए शिवानी अग्रवाल, आईसीएआईका पूर्व अध्यक्ष सीए (डॉ.) देबाशीष मित्रा र आईसीएसआईकी पूर्व अध्यक्ष सीएस ममता बिनानीलगायत समाजका अन्य प्रतिष्ठित व्यक्तित्वहरू उपस्थित थिए।
कार्यक्रमका क्रममा अध्यक्ष तरुण कुमार गुप्ताले भने, “‘राइज’ हाम्रो मार्गदर्शक विषय हो, जसले नवप्रवर्तन, सुदृढ प्रशासन र भविष्यका आवश्यक क्षमताहरू निर्माण गर्न पेशेवरहरूलाई उत्प्रेरित गर्नेछ। हामी २०३० को भारतको यात्रा र त्यसका अवसरहरूमा ध्यान केन्द्रित गर्दैछौं।”
सम्मेलनमा विभिन्न सत्रहरू सञ्चालन भए। ‘२०३० मा भारत: उभरिँदो क्षेत्रहरू’ सत्रमा रक्षा तथा अन्तरिक्ष प्रौद्योगिकी, स्वच्छ र नवीकरणीय ऊर्जा, स्वास्थ्य सेवामा अवसरहरूमा प्रकाश पारियो। वक्ताहरू राज सेठिया, अदृत पाल चौधरी र सीए आर. वेंकटेशले भारतको वैश्विक नेतृत्वलाई प्रभाव पार्ने सम्भावनाबारे विचार साझा गरे।
स्वतन्त्र निर्देशक, अनुपालन अधिकारी र लेखा परीक्षकहरूको भूमिका र कर्पोरेट जवाफदेहिता विषयक सत्रमा नैतिकता र प्रशासनद्वारा विश्वास निर्माणको महत्वमा छलफल भयो। यसमा सीए पी आर रमेश, सीएस सावित्री पारेख र सीए पिनाकी चौधरीले बहुमूल्य दृष्टिकोण प्रस्तुत गरे।
उद्यम र प्रौद्योगिकीका उभरिँदो क्षेत्रहरूमा विशेष ध्यान दिँदै, एआई र विघटनकारी प्रविधिहरूमा सीए आनंद पी जांगिड़, के पी नारायणन र सीए उमंग पालनले ट्रिपल-एंट्री अकाउन्टिंग, कनेक्टेड बैंकिङ र जेनेरेटिव एआईका सम्भावनाहरूमा चर्चा गरे।
प्रोफेसनल अवसर र क्षमता विकास सत्रमा सीए प्रशांत के एल, सीए विकास शारदा र सीए दीपक गुप्ता भारतीय बिग ४ फर्म, बीआरएसआर र ग्लोबल क्यापासिटी सेन्टर (जीसीसी) का उदीयमान अवसरहरूको चर्चा गरे।
सम्मेलनको समापन प्रसिद्ध लेखक र वक्ता डॉ. आनंद रंगनाथनले “असहमतिको साहस: आम सहमतिमा अनुरूपताभन्दा माथि उठ्न” विषयमा प्रेरणादायी व्याख्यानमार्फत गरे। उनका शब्दहरूले सहभागीहरूलाई स्वतन्त्र सोच र निडर नेतृत्व अपनाउन उत्प्रेरित गर्यो।
५ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी भएको यस वार्षिक सम्मेलनले न केवल २०३० का लागि भारतका आकांक्षाहरू प्रतिबिम्बित गर्यो, तर एसीएईको अनुसन्धान, उद्योग संपर्क, कौशल विकास र सामूहिक ज्ञान प्रवर्द्धन गर्ने प्रतिबद्धतासँगै भविष्यमा नेतृत्व गर्ने क्षमता पनि पुष्टि गर्यो।