माइक टाइसन र फ्लयड मेवेदरबीच ऐतिहासिक भिड़न्त तय

IMG-20250906-WA0059

न्यूयोर्क: बक्सिंग जगतका दुई दिग्गज बक्सर माइक टाइसन र फ्लयड मेवेदरबीच २०२६-मा एउटा प्रदर्शनी फाइनलमा भिड़न्त हुनेछ। यो जानकारी प्रमोटर सीएसआई स्पोर्ट्सले साझा गरेको छ। यस लड़ाइँको तारिख र स्थानको घोषणा चाहिँ गरिएको छैन तर कम्पनीले बताएअनुसार यो ऐतिहासिक लड़ाइँ आउँदो साल बसन्तमा हुनेछ। यसको डील साइन भइसकेको छ। प्रशंसकहरूका निम्ति यो ऐतिहासिक क्षण हुनेछ, जब यी दुई दिग्गजबीच रिंगमा भिड़न्त हुनेछ। टाइसन (५९ वर्ष)-लाई बक्सिंग जगतका सबैभन्दा भयावह हेभिवेट फाइटर मानिन्छ। उनको करियर जीत-हारको रेकर्ड ५०-७-को रहेको छ। यसमा ४४ वटा फाइट उनले नक्आउट आधारमा जितेका छन्। टाइसन अन्तिमपल्ट नोभेम्बर २०२४-मा यूट्यूबरबाट बक्सर बन्ने ज्याक पलविरुद्ध रिंगमा ओर्लिएका छन्, जसमा उनले हारको सामना गर्नु परेको थियो। त्यस लड़ाइँलाई ७० हजार प्रशंसकहरूले प्रत्यक्ष हेरेका थिए अनि विश्वभरि लाखौं मानिसहरूले टेलिभिजनमा बाउटको आनन्द लिएका थिए। यसरी ४८ वर्षीय मेवेदर आफ्नो पेशादार बक्सिंग करियरमा अहिलेसम्म अजेय रहेका छन्। उनले २०१७-मा सन्न्यास लिएका थिए। उनको करियर रेकर्ड ५०-० रहेको छ अनि उनले ५ अलग-अलग वेट क्याटगरीमा खिताब जितेका छन्। खेलबाट सन्न्यास लिएपछि उनले केही प्रदर्शनी फाइटमा हिस्सा लिए, जसमा अगस्त २०२४-मा जन गटीविरुद्ध मेक्सिकोमा जीत पनि सामेल छ।
मेवेदरविरुद्ध लड़ाइँबारे प्रतिक्रिया व्यक्त गर्दै टाइसनले भने, सीएसआई-ले मलाई मेवेदरसँग लड़ाइँको प्रस्ताव दिँदा मलाई त्यो सम्भव हुनेछ जस्तो लागेन। मेवेदरले पछिबाट सहमति जनाउँदा म पनि राजी भएँ। यो एउटा यस्तो फाइट हुनेछ, जसको मैले मात्र नभएर विश्वले नै कल्पना गरेको थिएन। बक्सिंग अहिले अनिश्चितताको चरणमा प्रवेश गरिसकेको छ अनि यो फाइट त्यसैले सबूत हो। टाइसन र मेवेदरले आ-आफ्नो सोशल मीडिया पेजमा यस फाइटलाई प्रमोट गरेका छन्। यस फाइटको हाइपअपको निम्ति मेवेदरले एउटा पञ्चलाइन पनि दिएका छन्। उनले क्याप्शनमा लेखेका छन्, मलाई कुनै मानिससँग डर लाग्दैन, ईश्वरलाई छोड़ेर। लौ शुरु गरौं। यसरी टाइसनले लेखेका छन्, चाँडै आइरहेको छ। यस लड़ाइँले प्रदर्शनी मात्र नभएर बक्सिंगको नयाँ दिशालाई दर्शाउनेछ। एकतिर टाइसनको ताकत र आक्रामक स्टाइल रहनेछ भने अर्कोतिर मेवेदरको रणनीति र अजेय रेकर्ड। यसैकारण यो फाइट विश्वभरिका बक्सिंग प्रशंसकहरूका निम्ति एउटा अविस्मरणीय लड़ाइँ साबित हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement