नयाँ दिल्ली: भारतका अनुभवी लेग स्पिनर अमित मिश्राले बिहीवार क्रिकेटबाट सन्न्यास लिए। यसको साथै उनको १५ सालको करियरमा पनि विराम लाग्यो। मिश्राले भारतको निम्ति आफ्नो अन्तिम म्याच २०१७-मा खेलेका थिए। यसरी ४२ वर्षीय यस क्रिकेटरले अन्तिमपल्ट २०२४-को सीजनमा आईपीएलमा खेलेका थिए। मिश्राले भनेका छन्, मैले क्रिकेटबाट सन्न्यास लिने फसेला गरेको छु। मिश्राले भारतको निम्ति २२ वटा टेस्ट, ३६ वटा वनडे र १० वटा टी२० इण्टरनेशनल म्याच खेले। मिश्राले बताएअनुसार, पेशादार क्रिकेटबाट सन्न्यास लिने उनको फसेला बारम्बार लाग्ने चोटहरू अनि आउँदो पीढ़ीका क्रिकेटरहरूलाई ठूलो मञ्चमा प्रतिभा देखाउने पर्याप्त मौका दिने विश्वासले प्रेरित थियो। मिश्राले २००३ मा बंग्लादेशमा त्रिकोणीय वनडे सीरीजको साथ अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका थिए जबकि टेस्ट क्रिकेटमा पदार्पणको मौका चाहिँ २००८-मा मात्र पाएका थिए। उनले अष्ट्रेलियाको पहिलो ईनिंग्समै ५ विकेट हासिल गरेका थिए। मिश्राले आफ्नो अन्तर्राष्ट्रिय करियरमा २२ वटा टेस्ट म्याचमा ७६, ३६ वटा वनडे म्याचमा ६४ र १० वटा टी२०आई म्याचमा १६ विकेट लिए। प्रथम श्रेणीको क्रिकेटमा उनले १५२ वटा म्याच खेलेर ५३५ विकेट लिएका छन्। साल २०१७-मा भारतको निम्ति आफ्नो अन्तिम म्याच खेलेपछि मिश्राले घरेलु क्रिकेट र आईपीएलमा खेल्न जारी राखे। हरियाणाको निम्ति घरेलु क्रिकेट खेल्ने मिश्रा आईपीएलमा सातौं सर्वाधिक विकेट लिने बलर पनि हुन्। आईपीएलमा उनले १६२ वटा म्याच खेलेर १७४ विकेट लिए।