सांसद राजु विष्टद्वारा बेपत्ता ईसान गुरुङको परिवारसित भेट

IMG-20250904-WA0164

मामिला यथाशीघ्र सीबीआईलाई हस्तान्तरित गर्ने गरे मांग

सिलगढी: गत २३ अगस्त २०२५ का दिन अपहरणमा परेर बेपत्ता भएका १४ वर्षीय बालक ईशान गुरुङको परिवारसँग भेट्न आज दार्जिलिङका सांसद राजु विष्ट सेभोक १० माईल पुगेका थिए। उनले आफ्नो ऐक्यबद्धता जनाउन अनि यस अत्यन्तै कष्टपूर्ण समयमा दह्रो सहयोग व्यक्त गर्नका लागि आफू भेट्न गएको बताएका छन्। एक सांसदको रूपमा मात्र नभएर आफू पनि तीन नानीहरूको पिता भएको हुँदा यसै रूपमा उनीहरूको यो अत्यन्तै कष्टपूर्ण अवस्थामा सहभागी रहेको र ईशानलाई सुरक्षित घर ल्याउन हरसम्भव प्रयास सुनिश्चित गर्न सङ्कल्पित रहेको बताएका छन्। ईशानलाई गत २३ अगस्त, २०२५ का दिन दार्जिलिङ जिल्लाको सिलगढ़ी नजिकै सेभोक १० माइल फरेस्ट बस्ती नजिकबाट दिउँसै अपहरण गरिएको थियो। यस घटनापछि आफूले तत्काल यस अपहरणको जाँच गर्न एउटा विशेष जाँच टोली (एसआईटी) गठन गर्ने अनुरोध गरेको अनि अपहरणको घटना भएको पाँच दिनपछि २८ अगस्त, २०२५ का दिन पश्चिम बङ्गाल पुलिसले एउटा एसआईटी गठनको घोषणा गरेको उनले बताएका छन्।
तर, उनीहरूको हरसम्भव प्रयासहरूको बावजूद अपहरणको आज १३ दिन बितिसक्दा पनि ईशानको कुनै अत्तोपत्तो छैन। यसबाट ईशानका आमाबाबा अनि सम्पूर्ण समुदाय गहिरो वेदनाले छटपटाइरहेको अनि
यसप्रकारको ढिल्याइँले हाम्रो क्षेत्रका जनताको प्रशासनमाथि विश्वास गहिरो रूपले डगमगाएको सांसद विष्टले बताए। आफूले यस सम्बन्धमा राज्यपाल र मुख्यमन्त्री ममता ब्यानर्जीसँग उनीहरूको हस्तक्षेपका लागि औपचारिक अनुरोध गरेको पनि बताए।


सांसद राजु विष्टले भने, ‘म यस मामिलालाई तत्काल केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई) लाई हस्तान्तरण गर्ने अनुरोध गर्दैछु ताकि ईशानको पत्तो लगाएर उनको परिवारलाई सुम्पनका लागि विशिष्ट संसाधनहरूका साथ विशेषज्ञहरूको एउटा समर्पित टोली गठन गर्न सकियोस्। हाम्रा नानीहरूको सुरक्षा सर्वोपरी छ र हामीले यस महत्त्वपूर्ण मामिलामा अरू कुनै आघात सहन सक्दैनौँ। म पश्चिम बङ्गाल सरकारसँग यसलाई प्राथमिकता दिन अनि यो मामिला यथाशीघ्र सीबीआईलाई हस्तान्तरित गरेर व्यवस्थामाथि जनताको आस्था पुनर्कायम गर्न आह्वान गर्दछु।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement