काठमाडौं: सामाजिक सञ्जाल टिकटाँकमा अवैध हतियार प्रदर्शन गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा मुस्ताङ जिल्लाको वारागुण्ड मुक्तिनाथ क्षेत्र गाउँपालिका-१ का २१ वर्षीय कर्मा सम्पो ठकुरी पनि छन्।
काठमाडौंको स्वयम्भूमा बस्ने उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट पठाइएको टोलीले पक्राउ गरेको हो। उनले टिकटाँकमा हर्नेट जस्तो देखिने हतियार प्रदर्शन गरेको परिसरका एसपी तथा प्रवक्ता अपेल राज बोहराले बताए। उनले हतियार ठमेलको एक होटलमा लुकाएको जानकारीका आधारमा टोलीले उनलाई पक्राउ गरेको हो।
हतियारसहित पक्राउ परेका उनीविरुद्धको अनुसन्धान काठमाडौं जिल्ला अदालतबाट हातहतियार तथा खर्कजनाको कसूरमा ५ दिनको म्याद थप गरी अगाडि बढाइएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




