सिलिगुडी: २०२६ को विधानसभा चुनावअघि भाजपा प्रदेश अध्यक्ष सौमिक भट्टाचार्यले राज्य सरकारमाथि निशाना बनाएका छन्। बिहीबार सिलिगुडीको मारबारी भवनमा भाजपा उत्तर बंगाल मण्डल अध्यक्षहरूको कार्यशालामा मुख्य वक्ताको रूपमा सहभागी सौमिक भट्टाचार्यले दाबी गरे, “राज्यमा कानूनको शासन छैन। भाजपाले लोकतान्त्रिक तरिकाले यो सरकारलाई बिदाइ गर्नेछ।” उनले भने राज्यका जनता अब यसबाट वाक्क भइसकेका छन् र भाजपा कार्यकर्ताहरू केन्द्र सरकारको विकास कार्यलाई घरदैलोमा पुर्याउन संगठित रूपमा काम गरिरहेका छन्। कार्यशालामा धेरै संगठनात्मक सन्देशहरू दिइएको थियो र भाजपा प्रदेश अध्यक्षले दाबी गरे कि राज्यका जनता अर्को विधानसभा चुनावमा परिवर्तनको लागि तयार छन्।