सिलगढी: सुकेपोखरी खण्ड अन्तर्गत पर्ने बन्द मगरजोङ चियाबारी भोलि ५ सेप्टेम्बरदेखि पुन: सञ्चालनमा आउने भएको छ। दुई वर्षदेखिको बन्द मगरजोङ चियाबारी आज सिलगढीको डागापुरमा अवस्थित श्रमिक भवनमा सम्पन्न सभामा खोलिने भएको छ। सभामा पहाडका राजनैतिक दल भागोप्रमो, गोजमुमो, गोरामुमो, आइजीजेएफ, तृणामूल काङ्ग्रेसका श्रमिक संगठन, मगरजोङ चियाबारीका श्रमिकवर्ग एवं कर्मचारीवर्ग, मालिकवर्ग, डीएलसी आदिको उपस्थितिमा सभा सम्पन्न भयो। उक्त सभामा भोलिदेखि चियाबारी सञ्चालनमा आउने भएको छ। भोलिदेखि चियाबारी सञ्चालनमा आएपछि २२ सेप्टेम्बरभित्रमा २०२३ सालको बोनस वितरण गरिने जनाएको छ।

उक्त पहलको निम्ति भागोप्रमो श्रमिक संगठन अध्यक्ष जेबी तामाङ एवं मगरजोङ चियाबारीवासीले जीटीए प्रमुख, अनित थापा एवं सम्पुर्ण राज्नैतिक दलका श्रमिक संगठन प्रति आभार व्यक्त गरेका छन्।