जीएसटीमा सुधारः दैनिक प्रयोगका सामानदेखि बीमा सेवासम्म राहत

Screenshot_20250904_154345_Chrome

नयाँ दिल्ली: भारतको जीएसटी परिषदले उपभोक्तालाई राहत दिने उद्देश्यले वस्तु तथा सेवा कर (जीएसटी) दरमा व्यापक परिवर्तन गरेको छ। अब दुई तहको कर संरचना ५ प्रतिशत र १८ प्रतिशत लागू हुनेछ।
केंद्रीय अर्थमन्त्री निर्मला सीतारमणले ५६औं बैठकमा सर्वसम्मत रूपमा पारित निर्णयबारे जानकारी दिँदै भनिन्, “यो केवल कर संरचनामा सुधार मात्र होइन, आम नागरिकको जीवनलाई सहज बनाउने दिशामा उठाइएको कदम हो।”
नयाँ निर्णयअनुसार दैनिक जीवनका धेरै सामान र सेवामा जीएसटी दर घटाइएको छ।
मुख्य परिवर्तनहरू यसप्रकार छन्:
होटल:
७५०० रुपैयाँसम्मको होटल बसाइमा जीएसटी १२% बाट घटाएर ५%।
सेवाहरू:
जिम, सैलून, योग केन्द्र, नाइ सेवामा १८% बाट घटाएर ५%।
खाद्यपदार्थ र पेय:
चिया, कफी, सुप, आइसक्रिम, बिस्कुट, पास्ता, नमकीन, चकलेट, सस आदिमा १८% बाट घटाएर ५%।
घरायसी सामान:
२५०० रुपैयाँभन्दा कमका जुत्ता–कपडा, श्याम्पू, हेर आयल, टुथपेस्ट, साबुन, म्याचस्टिक, मोमबत्ती आदिमा ५% मात्र।
कृषि र स्वास्थ्य: घ्यू, पनीर, सुकेका मेवा, प्याकेज्ड नरिवल पानी, बायो–कीटनाशक, एनास्थेटिक औषधि, डायग्नोस्टिक किट, सर्जिकल ग्लोभमा ५%।
हस्तकला र कलासामग्री: हातले बनाइएका शाल, मूर्ति, काठ/धातुका भाँडाकुँडा र सजावटी सामग्रीमा पनि ५%।
महत्त्वपूर्ण कटौती:
स्वास्थ्य र जीवन बीमा सेवामा जीएसटी पूर्ण रूपमा हटाइयो।
३३ जीवनरक्षक औषधि, क्यान्सर तथा दुर्लभ रोगका केही औषधिमा कर शून्य।
जहाँ कर बढ्यो:
चिनी वा कृत्रिम स्वीटनर भएका पेयमा जीएसटी १८% बाट बढाएर ४०%।
पान मसला, सुर्तीजन्य वस्तु, सिगार, सिगरेटमा २८% बाट बढाएर ४०%।
केही कागज र प्याकेजिङ सामग्रीमा १२% बाट बढाएर १८%।
अन्य महत्त्वपूर्ण निर्णयहरू:
कृत्रिम फाइबर र धागामा जीएसटी घटाएर ५%।
मलमा प्रयोग हुने सल्फ्युरिक एसिड, नाइट्रिक एसिड र अमोनियामा ५%।
नवीकरणीय ऊर्जा उपकरणहरूमा १२% बाट घटाएर ५%।
यी नयाँ दरहरू आगामी २२ सेप्टेम्बरदेखि लागू हुनेछन्। विशेषज्ञहरूका अनुसार, यसले उपभोक्तालाई तत्काल राहत दिनेछ भने दीर्घकालमा कर संरचनालाई सहज र न्यायपूर्ण बनाउने अपेक्षा गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement