नयाँ दिल्ली: भारतमा वस्तु एवम् सेवा कर (जीएसटी)-को नयाँ दरहरूको असर अब खेल जगतमा पनि गहिराईको साथ पर्नेछ। हालै जीएसटी काउन्सिलले स्ल्याबमा बद्लाउ गर्दै खेल अनि त्यससँग सम्बन्धित आयोजनहरूमाथि ट्याक्सलाई लिएर महत्त्वपूर्ण फसेला लिएको छ। सबैभन्दा ठूलो बद्लाउ क्रिकेटको इण्डियन प्रीमियर लीग (आईपीएल) जस्ता आयोजनहरूमा देख्न पाइनेछ। अब आईपीएल जस्ता खेल आयोजनहरूमा प्रवेश टिकटमाथि ४० प्रतिशतको जीएसटी लाग्नेछ। यसको सीधा असर टिकट मूल्यहरूमाथि पर्नेछ अनि दर्शकहरूका गोजीमा अतिरिक्त दबाउ पर्न सक्छ। यो ४० प्रतिशतको दर केवल आईपीएल जस्ता आयोजनहरूमा लागू हुनेछ। अन्य मान्यताप्राप्त खेल आयोजनहरूमाथि चाहिँ यो भारी कर लगाइनेछैन। कुनै मान्यताप्राप्त खेल आयोजनको टिकट मूल्य ५०० रुपियाँसम्म रहे त्यो पहिलो झैं जीएसटी-बाट मुक्त रहनेछ। यसरी ५०० रुपियाँभन्दा अधिक मूल्यका टिकटहरूमाथि चाहिँ १८ प्रतिशतको दरले जीएसटी लाग्नेछ। अर्थात, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका मान्यताप्राप्त खेल टुर्नामेण्टहरूमा चाहिँ दर्शकहरूमाथि अतिरिक्त दबाउ रहनेछैन।
यसबाहेक जीएसटी परिषदले बेटिंग, जुवा, लटरी, घोड़ा रेस र अनलाइन मनी गेमिंग जस्ता गतिविधिहरूलाई पनि ४० प्रतिशतको परिधिमा ल्याउने फसेला गरेको छ। यस फसेलाले यी क्षेत्रका कारोबारहरूलाई प्रभावित मात्र नगरेर सरकारलाई अतिरिक्त राजस्व पनि दिलाउन सक्नेछन्। समग्रमा जीएसटी स्ल्याबमा बद्लाउले खेल जगतमा दोहोरो तस्वीर अघि आएको छ। एकातिर आईपीएल जस्ता फ्रेञ्चाइजी आधारित आयोजनहरू महँगो हुनेछ भने मान्यताप्राप्त खेल आयोजनहरूका निम्ति दर्शकहरूलाई राहत प्राप्त हुनेछ। विशेषज्ञहरूका भनाइअनुसार, यो फसेला सरकारको राजस्व बढ़ाउने दिशामा महत्त्वपूर्ण कदम हो तर लामो समयमा यसको असर दर्शकहरूका भागीदारी र खेल आयोजनहरूका लोकप्रियतामाथि देखिन सक्छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





