यूएस ओपन २०२५ः दिग्गज नोवाक जोकोविचलाई चुनौती दिन सेमिफाइनलमा पुगे अल्काराज

photocollage_2025931783902

न्यूयोर्क: स्पेनका कार्लोस अल्काराजले जिरि लेहेकालाई ६-४, ६-२, ६-४-ले पराजित गरी यूएस ओपन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरे, जहाँ उनको भिड़न्त रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नोवाक जोकोविचसँग हुनेछ। दुई साल अघि यहाँ आफ्नो करियरको पहिलो ग्राण्ड स्ल्याम खिताब जितेपछि अल्काराज हार्डकोर्टमा पहिलोपल्ट कुनै ग्राण्ड स्ल्याम सेमिफाइनलमा पुगेका छन्। जोकोविचले उनलाई अष्ट्रेलियन ओपनको क्वार्टर फाइनलमा पराजित गरेका थिए। यूएस ओपनमा खिताब जित्न सफल भए अल्काराजले इटलीका यानिक सिनरलाई पछि छोड़ेर एटीपी वर्ल्ड ऱ्याङकिंगमा शीर्ष स्थान हासिल गर्नेछन्। जोकोविचले टुर्नामेण्टमा कायम रहने अन्तिम अमेरिकी खेलाड़ी टेलर फ्रिट्जलाई क्वार्टर फाइनलमा पराजित गरे। म्याच जितेपछि कोर्टमा फ्रिट्जलाई समर्थन गरिरहेका प्रशंसकहरूका सराहना गरे। म्याचमा जोकोविचले ६-३, ७-५, ३-६, ६-४-ले जीत दर्ता गरे। गत सालका उपविजेता फ्रिट्जले जोकोविचविरुद्ध अहिलेसम्म ११ वटा म्याच खेलेर एउटा पनि जितेका छैनन्। यस जीतको साथ जोकोविच ५३औं पल्ट ग्राण्ड स्ल्याम सेमिफाइनलमा पुगेका छन्। यसमा उनी १४ पल्ट यूएस ओपनको सेमिफाइनलमा पुगेका छन्। म्याच जितेपछि जोकोविचले भने, अन्तमा जीतको महत्त्व हुन्छ। मैले आज लड़ाकू प्रदर्शन गरे, जसको मलाई गर्व छ। मैले जोशको साथ खेले अनि यस जीतले खुशी छु। अल्काराज र जोकोविचबीच अहिलेसम्म ८ वटा म्याच खेलिएको छ, जसमा ५ वटा म्याच सर्बियाई दिग्गजले जितेका छन्। जोकोविचविरुद्ध फ्रिट्जको हारको साथै २००३ पछि कुनै ग्राण्ड स्ल्यामको पुरुष एकलमा अमेरिकी खेलाड़ीले खिताब जित्न नसक्ने क्रम जारी रह्यो। एण्डी रडिकले अन्तिमपल्ट २००३-मा यूएस ओपनको खिताब जितेका थिए। महिला एकल वर्गमा जेसिका पेगुलीले बारबोरा क्रेसिकोवालाई ६-३, ६-३-ले पराजित गरी आफ्नो करियरको दोस्रो ग्राण्ड स्ल्याम सेमिफाइनलमा प्रवेश गरिन्। उनी गत वर्ष यहाँ फाइनलमा आर्यना सबालेंकाविरुद्ध पराजित भएकी थिइन्। यसपाली सबालेंकासँग उनको भिड़न्त सेमिफाइनलमा हुनेछ कारण मार्केटा वोन्ड्रूसोवाले चोटले गर्दा सबालेंकालाई वक्ओभर दिइन्। अष्ट्रेलियन ओपनको चौथो राउण्ड, फ्रेञ्च ओपनको तेस्रो अनि विम्बल्डनको पहिलो राउण्डमा बाहिर हुने पेगुला कुनै सेट नगुमाइ यूएस ओपनको सेमिफाइनलमा पुग्ने सेरेना विलियम्स (२०११-देखि २०१४) पछि पहिलो महिला खेलाड़ी बनेकी छन्। यसरी महिला युगलमा अमेरिकाकी दिग्गज भीनस विलियम्स र कनाडाकी लैलाह फर्नाण्डीजकी जोड़ी क्वार्टर फाइनलमा टेलर टाउनसेण्ड र क्याटरीन सिनियाकोवाको जोड़ीविरुद्ध १-६, २-६-ले पराजित भयो।
यसबीच भारतका युकी भाम्बरीले करियरमा पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको क्वार्टर फाइनलमा स्थान बनाए। उनले माइकल भीनससँग पुरुष युगलको क्वार्टर फाइनलमा प्रवेश गरे। भारतका युकी र न्यूजील्याण्डकी भीनसको १४औं वरीयता प्राप्त जोड़ीले जर्मनीका केविन क्रावीत्ज र टिम पुएत्जको जोड़ीलाई १ घण्टा २३ मिनटसम्म चलेको म्याचमा ६-४, ६-४-ले पराजित गऱ्यो। अब युकी र भीनसको जोड़ीको भिड़न्त क्रोएशियाका निकोला मेकटिच र अमेरिकाका राजीव रामको जोड़ीसँग हुनेछ। चोटले प्रभावित एकल करियरमा ३३ वर्षीय युकीले कहिले पनि पहिलो राउण्डको वाधा पार गर्न सकेका थिएनन्। यसरी युगलमा उनी यस साल फ्रेञ्च र विम्बल्डनको तेस्रो राउण्डसम्म पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement