नेपालमा जापानी इन्सेफ्लाइटिस प्रकोप, २३ जनाको मृत्यु

IMG-20250902-WA0122

काठमाडौँ: नेपालमा जापानी इन्सेफ्लाइटिस अर्थात् मस्तिष्क ज्वरोको प्रकोप बढ्दै गएको स्वास्थ्य विभागले जनाएको छ। पुसयता अहिलेसम्म २३ जनाको मृत्यु भइसकेको छ भने ११३ जनामा संक्रमण पुष्टि भएको छ।
यो रोग लामखुट्टेको टोकाइबाट सर्छ र प्रायः साउनदेखि कात्तिक महिनासम्म बढी देखिन्छ। विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार ६ वटा प्रदेशका ३६ जिल्लामा यो प्रकोप फैलिएको छ।
सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ३७ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बागमतीमा १८, कोशीमा १७, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा दुई जनामा संक्रमण भेटिएको छ।
मृतकमध्ये सबैभन्दा धेरै कोशी र मधेश प्रदेशमा ३–३ जनाको मृत्यु भएको छ। विभागका अनुसार यो रोगविरुद्ध १२ महिनाको उमेरमा नियमित खोप तालिकाअन्तर्गत एकल मात्रामा खोप दिने व्यवस्था छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement