गाजा युद्ध: अन्तर्राष्ट्रिय विज्ञहरूले यसलाई ‘नरसंहार’ भने

-1x-1

अन्तर्राष्ट्रिय कानुनका शीर्ष विशेषज्ञहरूको समूहले गाजामा जारी युद्धलाई संयुक्त राष्ट्र संघको १९४८ को जेनोसाइड कन्भेन्सन अन्तर्गतको अपराध – ‘नरसंहार’-को रूपमा परिभाषित गरेका छन्।
सन् १९९४ मा स्थापित ‘इन्टरनेशनल एसोसिएसन अफ जेनोसाइड स्कलर्स’ (आईएजीएस) नामक संस्थाका ५०० सदस्यमध्ये ठूलो बहुमतले सोमबार पारित गरेको प्रस्तावमा इजरायलले गाजामा अपनाएको नीति र कदम नरसंहारको परिभाषासँग मेल खाने स्पष्ट गरिएको छ।
संस्थाकी अध्यक्ष तथा पश्चिमी अस्ट्रेलियास्थित विश्वविद्यालयकी प्राध्यापक मेलानी ओ’ब्रायनले भनिन्:
“यो विशेषज्ञहरूको स्पष्ट घोषणा हो- गाजामा भइरहेको कार्य नरसंहार नै हो।”
८६ प्रतिशत सदस्यले समर्थन गरेको उक्त प्रस्तावमा इजरायललाई बालबालिकासहित सर्वसाधारणमाथि आक्रमण रोक्न, भोकमरी र अत्यावश्यक वस्तुहरू नदिने नीतिलाई अन्त्य गर्न, र जबरजस्ती विस्थापन नगर्न आग्रह गरिएको छ।
नेदरल्यान्ड्सस्थित ओपन युनिभर्सिटीका प्राध्यापक सेर्गेई भासिलिएभले यसलाई शैक्षिक र कानुनी क्षेत्रको मुख्यधारा मूल्याङ्कनको रूपमा लिइएको बताए।
यसैबीच गाजाको सरकारी सञ्चार कार्यालय प्रमुख इस्माइल अल थावबतले भने:
“यो विज्ञहरूको घोषणा अन्तर्राष्ट्रिय अदालतमा प्रस्तुत प्रमाणलाई अझ बलियो बनाउनेछ। यसले अपराध रोक्न, सर्वसाधारणको सुरक्षा गर्न र कब्जाकारी नेतामाथि कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायलाई नैतिक तथा कानुनी दायित्व दिएको छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement