मोदी-पुटिन भेटमा व्यापार र युक्रेन युद्धको बारेमा छलफल

vladimir-putin-072225864-16x9_0

बीजिंग: चीनको तियानजिनमा आयोजित सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग द्विपक्षीय सम्बन्धको बारेमा छलफल गरे।
इन्स्टाग्राममा जानकारी दिँदै मोदीले लेखे; “राष्ट्रपति पुटिनसँगको भेट धेरै सकारात्मक रह्यो। व्यापार, मल, अन्तरिक्ष, सुरक्षा र संस्कृति जस्ता क्षेत्रमा सहयोगलाई अझ बलियो बनाउने तरिकाहरूबारे छलफल गरियो।”
उनीहरूले युक्रेन युद्धको बारेमा पनि छलफल गरे। मोदीका अनुसार शान्तिपूर्ण समाधानका लागि संवाद आवश्यक छ र यसमा दुई नेताहरूबीच सहमति भएको छ।
भारत-रुस सम्बन्धलाई “विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी” को रूपमा वर्णन गर्दै प्रधानमन्त्री मोदीले यसलाई क्षेत्रीय र विश्वव्यापी स्थिरताको महत्त्वपूर्ण स्तम्भ भने।
एससीओ बैठकपछि, प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा द्विपक्षीय वार्ताको लागि प्रस्थान गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement