सिलगढ़ी: नक्सलबाड़ी थानाको पुलिसले ब्राउन शुगर सहित दोलचन सिंह नामकाे एक तस्करलाई पक्राउ गरेको छ। उक्त तस्कर हातिघिसाको चियारूजोत निवासी रहेको बताइएको छ।
प्राप्त जानकारी अनुसार बितेको राति दोलचन सिंह साइकिल मार्फत बागडोगरा गइरहेको थियो। प्राप्त सूचनाको आधारमा नक्लसबाड़ी थानाको पुलिसले किरण चन्द्र राय बगान संलग्न एशियन हाइवेको किनारमा उसलाई समात्यो। उसको जाँच र्दा १०३ ग्राम ब्राउन शुगर जफत गरियो। पछि आरोपीलाई मादक पदार्थको तस्करी गरेको आरोपमा पक्राउ गरियो। नक्सलबाड़ी थानाको पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
								



								

															
                    



