प्रधानमन्त्री ओलीले चीनको विशेष धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभयो

IMG-20250831-WA0113

काठमाडौं: चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभएको छ। चीनको तियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सियाओझानमा अवस्थित विशेष धान उत्पादन क्षेत्रको भ्रमण गर्नुभएको छ। यो जानकारी उनको सचिवालयले दिएको छ।
प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन अगस्ट २७ देखि चीनको भ्रमणमा छन्। उनले अगस्ट २७ मा नै चिनियाँ राष्ट्रपति शी जिनपिङलाई भेटेका थिए। राष्ट्रपति शीको निमन्त्रणामा चीन भ्रमणमा रहेका ओली बुधबारसम्म चीनमा रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement