महेन्द्रनगर: दार्चुलामा नेपाल-भारत सीमा सुरक्षा अधिकारीहरूको बैठक सम्पन्न भयो। सीमा सुरक्षा सम्बन्धी १०औं डीआईजी स्तरीय बैठक सम्पन्न भयो।
बैठकमा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलका अधिकारीहरूबीच सीमा स्तम्भहरूको कागजात र मर्मतमा सहकार्य गर्ने सहमति भएको छ।
सोमबार भएको बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ वाहिनीका डीआईजी प्रदीपकुमार पाल र भारत अल्मोडा सेक्टर मुख्यालयका डीआईजी सुधांशु नौटियाल, सेक्टर मुख्यालयका डीआईजी अनिल कुमार शर्मा उपस्थित थिए। वैद्यनाथ वाहिनीका कमाण्डर डीआईजी प्रदीपकुमार पालले बैठकमा दुई देशबीचको सीमा सुरक्षाको बारेमा छलफल भएको बताए। उनले भने, “यो नियमित बैठक हो।”
बैठकमा दुवै देशको सीमामा भत्किएका वा हराएका सीमा स्तम्भहरूको मर्मत र सुरक्षाको बारेमा सहमति भएको छ। डीआईजी पालले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्ने बारेमा पनि छलफल भएको बताए।