बागडोग्रास्थित राष्ट्रिय राजमार्गमा दुर्घटना हुदा चितुवाको मृत्यु

IMG-20250826-WA0089

बागडोग्रा: बागडोग्रामा एउटा सनसनीपूर्ण घटना घटेको छ। राष्ट्रिय राजमार्गमा दुर्घटनामा एक वयस्क चितुवाको मृत्यु भयो। घटनामा एउटा बिरालोको पनि मृत्यु भयो।
सोमबार राति बागडोग्राको गंगाराम चिया बगानबाट राष्ट्रिय राजमार्ग नम्बर ३१ मा बिरालोलाई पछ्याउने क्रममा अचानक चितुवा सडकमा आयो।
यसैबीच एउटा तीव्र गतिको कारले दुवै जनावरलाई ठक्कर दियो, र दवैकाे मृत्यु भयो। जानकारी पाएपछि बागडोग्रा पुलिस र वन विभागका कर्मचारीहरू राति घटनास्थलमा पुगे। मृत चितुवालाई उद्धार गरी बागडोग्रा रेन्ज कार्यालयमा ल्याइयो।
बागडोग्रा रेन्ज भुटियाले मृत चितुवा लगभग तीन वर्षको भएको बताए। उनले यो पनि भने शुरुमा कारले किचेर मृत्यु भएको आशंका गरिए पनि मंगलबार पोस्टमार्टम पछि मात्र वास्तविक कारण स्पष्ट हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement