यूएस ओपन २०२५ः मेडिसन कीज पहिलो राउण्डमै बाहिर

photocollage_2025826173317419

योर्क: अष्ट्रेलियन ओपन च्याम्पियन मेडिसन कीजले यूएस ओपन टेनिस च्याम्पियनशीपको पहिलो राउण्डमै मेक्सिकोकी ८२औं ऱ्याङकिंग भएकी रेनेटा जाराजुआविरुद्ध अप्रत्याशित हारको सामना गर्नु पऱ्यो। यसरी २ पल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले यूएस ओपनको पहिलो राउण्डमा डायने पेरीविरुद्ध पराजित भएपछि टेनिसबाट सन्न्यास लिइन्। छैटौं वरीयता प्राप्त अमेरिकाकी खेलाड़ी कीजले ८९ वटा अनफोर्स्ड एररको साथमा १४ पल्ट डबल फल्ट गरिन्। यसैकारण उनले पहिलो राउण्डमै ७-६, ६-७, ५-७-ले हारको सामना गर्नु पऱ्यो। अन्य म्याचहरूमा ब्राजीलका १९ वर्षीय जोओ फोन्सेकाले अमेरिकी ओपनमा पदार्पणमै जीत हासिल गर्दै मियोमीर केसमानोविचविरुद्ध ७-६, ७-६, ६-३-ले जीत हासिल गरी पुरुष एकलको दोस्रो राउण्डमा स्थान बनाए। यसरी कनाडाकी १८ वर्षीय विकी एमबोकोले २ पल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन बारबोरा क्रेसिकोवालाई ६-३, ६-२-ले पराजित गरिन्। यसरी २०२२-मा सेमिफाइनलसम्म पुग्ने क्यारोलिन गार्सिया आफ्नो करियरको अन्तिम टुर्नामेण्टमा कामिला रखिमोवाविरुद्ध ६-४, ४-६, ६-३-ले पराजित भएर बाहिर भइन्।
महिला एकलमा २ पल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले डायने पेरीविरुद्ध ६-१, ६-०-ले हारको सामना गर्नु पऱ्यो। म्याच समाप्त भएपछि चेक गणराज्यकी दिग्गज खेलाड़ीलाई भावुक देखियो। दर्शक दीर्घामा उपस्थित उनका पति तथा प्रशिक्षक जिरि वानेकले क्वितोवालाई सान्त्वना दिए। गत वर्ष जुलाईमा छोराको जन्मपछि क्वितोवा १७ महिनापछि कोर्टमा ओर्लिएकी थिइन्। यूएस ओपन करियरको अन्तिम टुर्नामेण्ट हुने उनले यस सालको शुरुवातमै घोषणा गरेकी थिइन्। क्वितोवाले २०११-मा रुसकी मारिया शारापोवालाई पराजित गरी विम्बल्डन खिताब जितेकी थिइन्। त्यसपछि २०१४-मा यूजीन बूचार्डलाई पराजित गरी विम्बल्डनमा दोस्रोपल्ट विजेता बनेकी थिइन्। अष्ट्रेलियन ओपन २०१९-को फाइनलमा उनलाई नाओमी ओसाकाले पराजित गरेकी थिइन्। दिसम्बर २०१६-मा क्वितोवामाथि उनकै घरमा छुरीले हमला गरिएको थियो। त्यस चोटबाट मुक्त हुन उनले सर्जरीको सहारा लिनु परेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement