नयाँ दिल्ली: अधिक ओजनले गर्दा हालै अण्डर-२० वर्ल्ड च्याम्पियनशीपमा अयोग्य घोषित हुने पहलवान नेहा सांगवानलाई भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-ले लगातार ओजन प्रबन्धन सम्बन्धी समस्याहरूले गर्दा सीनियर वर्ल्ड च्याम्पियनशीप टीमबाट बाहिर गर्नको साथै उनलाई २ सालको निम्ति निलम्बित पनि गऱ्यो। डब्ल्यूएफआई-ले नेहाको स्थानमा सारिका मलिकलाई टीममा सामेल गरेको छ, जो वर्ल्ड च्याम्पियनशीपको निम्ति ५९ किग्रा वर्गको ट्रायल्समा दोस्रो स्थानमा रहेकी थिइन्। वर्ल्ड च्याम्पियनशीपको आयोजन १३-देखि २१ सेप्टेम्बरसम्म क्रोएशियाको जाग्रेबमा हुनेछ। हरियाणाकी पहलवान नेहाले गत हप्ता बुल्गेरियाको समोकोवमा महिलाहरूकी ५९ किग्रा वर्गमा प्रतिस्पर्धा गर्नु थियो तर उनको ओजन निर्धारित सीमाभन्दा लगभग ६०० ग्राम अधिक थियो। आयोजकहरूले उनलाई अयोग्य घोषित गर्दा भारतले त्यस भार वर्गमा प्रतिनिधित्व गर्न सकेन। च्याम्पियनशीपमा भारतले ७ वटा पदक जितेर जापानपछि दोस्रो स्थान हासिल गऱ्यो। नेहालाई पदक जित्ने प्रबल दावेदार मानिएको थियो अनि उनीसँग स्वर्ण पदकको साथ भारतलाई टीम च्याम्पियन बनाउनमा महत्त्वपूर्ण योगदान दिने अवसर रहेको थियो। भारत १४० पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यसरी जापान १६५ पोइण्ट्सको साथ टीम च्याम्पियन बन्यो। कुश्ती महासंघका एकजना अधिकारीले भने, यो स्वीकार्य छैन। ओजन प्रबन्धनमाथि हरेक पहलवानले विशेष ध्यान दिनु पर्छ। हामी बुल्गेरियामा त्यस भार वर्गमा पदक जित्नदेखि चुक्यौं। हामी जवाफदेही छौं कारण सरकारले टुर्नामेण्टको खर्च वहन गर्छ। एकजना पहलवानमाथि लगभग २-देखि ३ लाख रुपियाँ खर्च हुन्छ। यसैकारण आफ्नो ओजन सीमित गर्न नसके हामी अन्य सर्वश्रेष्ठ पहलवानलाई मौका दिनेछौं। उल्लेखनीय छ, नेहाले २०२४ अण्डर-२० वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेकी थिइन्। यस साल उनले ५७ किग्रा वर्गमा सीनियर स्तरमा अगावै ३ वटा पदक जितिसकेकी छन्।