काठमाडौं: नेपाल भ्रमणमा रहेकी वियतनामी उपराष्ट्रपति भो थी आन्ह झुआन र उनका नेपाली समकक्षी राम सहाय प्रसाद यादवबीच शिष्टाचार भेटवार्ता भएको छ।
हिजो नेपाल आएका झुआनले आज बिहान उपराष्ट्रपति यादवलाई भेटे।
उपराष्ट्रपति यादवको मैत्रीपूर्ण निमन्त्रणामा झुआन नेपाल आएकी हुन्। वियतनामबाट नेपालको यो उनको पहिलो उच्चस्तरीय भ्रमण हो।
उपराष्ट्रपति झुआनले नेपाल भ्रमणको क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता पनि गरेकी छिन्।
यो वर्ष नेपाल र वियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पनि हो। त्यसैले यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति झुआन भ्रमण पूरा गरेर अगस्ट २६ मा स्वदेश फर्कनेछन्।