सिलगढ़ी: राजस्थान युनाइटेड फूटबल क्लबले लीजेण्ड्स फूटबल एकाडमीको सहयोगमा अण्डर-१३ देखि अण्डर-१९ वर्गका युवा फूटबल खेलाड़ीहरू अनि रिजर्व टीमको निम्ति ट्रायल्सको आयोजन गर्नेछ। ट्रायल्सको आयोजन ३१ अगस्तमा मयूर स्कूल खेल मैदान, सिलगढ़ीमा हुनेछ। ट्रायल्समा हिस्सा लिएर युवा खेलाड़ीहरूले आफ्नो प्रतिभालाई अलग स्तरमा पुऱ्याउने मौका पाउनेछन्। ट्रायल्स बिहान ६ बजीदेखि शुरु हुनेछ अनि चयन गरिएका खेलाड़ीहरूले राजस्थान युनाइटेडको रेसिडेन्सियल एकाडमीको हिस्सा बन्ने १०० प्रतिशत स्कलरशीप पाउनेछन्। राजस्थान युनाइटेडले आई लीगमा हिस्सा लिन्छ अनि ट्रायल्समा चयन भएका खेलाड़ीहरूले त्यहाँ पनि खेल्ने मौका पाउन सक्छन्। ट्रायल्सको निम्ति प्रत्येक खेलाड़ीहरूबाट न्यूनतम १०० रुपियाँको रेजिस्ट्रेशन फीस लिइनेछ। अन्य सबै जानकारीहरू ट्रायल्सको निम्ति जारी पोस्टरमा उपलब्ध रहेको छ।