भारत-पाक म्याच रद्द गर्ने माग तेज

IMG-20250819-WA0076

नयाँ दिल्ली: पूर्व क्रिकेटर केदार जाधवले भारतीय टीमसँग पाकिस्तानविरुद्ध म्याच वहिष्कार गर्ने अपील गरेका छन्। जाधवको भनाइअनुसार, भारतले यो म्याच खेल्नु हुँदैन। उल्लेखनीय छ, एशिया कपको आयोजन ९ सेप्टेम्बरदेखि यूएई-मा हुनेछ अनि भारतले आफ्नो अभियानको शुरुवात १० सेप्टेम्बरमा गर्नेछ। टुर्नामेण्टमा भारतको १४ सेप्टेम्बरमा चीरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध म्याच रहेको छ। भारत-पाक म्याचको अघिदेखि नै प्रशंसकहरूले टीम इण्डियासँग म्याच वहिष्कार गर्ने माग गर्न थालेका छन्। पाकिस्तानविरुद्ध म्याच वहिष्कारको माग गर्ने केदार जाधव पहिलो व्यक्ति होइनन्। यसअघि हरभजन सिंहसहित अन्य धेरै पूर्व खेलाड़ीहरूले पनि भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-सँग यसको माग गरिसकेका छन्। प्रशंसकहरूका साथमा पूर्व क्रिकेटरहरूले पनि जम्मू-कश्मीरको पहलगाममा भएको आतंकी हमला र दुई देशबीच जारी राजनैतिक तनाउले गर्दा पाकिस्तानविरुद्ध म्याच नखेल्ने आवाज उठाएका छन्।
केदार जाधवले भने, मेरो विचारमा भारतले (पाकिस्तानविरुद्ध) म्याच खेल्नु हुँदैन। पाकिस्तानविरुद्ध म्याच हुँदा जहिले पनि जीत त भारतकै हुन्छ। यसपाली भारतले म्याच नखेल्ने मलाई भरोसा छ। वर्तमान परिस्थितिहरूमा भारतले पाकिस्तानसँग म्याच खेल्नु हुँदैन। एशिया कपको आयोजन ९-देखि २८ सेप्टेम्बरसम्म यूएई-मा हुनेछ। भारत यस टुर्नामेण्टको आयोजक हो तर भारत र पाकिस्तानले २०२७-सम्म केवल तटस्थ स्थलमा एकार्काविरुद्ध म्याच खेल्ने सहमति जनाएको हुनाले टुर्नामेण्टको आयोजन यूएई-मा भइरहेको छ। यस नीतिअन्तर्गत नै यस साल मार्चमा आईसीसी च्याम्पियन्स ट्रफीको अवधि भारतले आफ्नै सबै म्याच दुबईमा खेलेर ट्रफी पनि जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement