खरसाङ: हावडाबाट आएका एकजना पर्यटकको खरसाङमा निधन भएको छ। उक्त पर्यटकको निधन खरसाङ क्षेत्रको कुनै एउटा होम स्टेमा भएको बताइएको छ। उक्त पर्यटकको नाम सपरानिल च्याटर्जी (पिता इन्द्रनिल च्याटर्जी) रहेको बताइएको छ। उक्त पर्यटकको पार्थिव शरीरलाई खरसाङ महकुमा अस्पतालमा ल्याएर पोस्टमोर्टमको लागि उत्तर बंगाल मेडिकल कलेज पठाइएको जानकारी प्राप्त भएको छ। खरसाङ पुलिसबाट प्राप्त जानकारी अनुसार उक्त पर्यटक आफ्ना पिता र अन्य पाँचजना साथीहरुसित तीन दिन अघि खरसाङ घुम्न आएका थिए भने खरसाङ क्षेत्रमा रहेको एउटा होम स्टेमा बसेका थिए। उनी आज बिहान ५ बजीतिर तीन तलाको टेरसबाट तल झरेका थिए अनि उनलाई खरसाङ पुलिसद्वारा खरसाङ महकुमा अस्पतालमा ल्याइएको थियो। डाक्टरले उनलाई मृत घोषित गरेको जानकारी प्राप्त भएको छ।