सिलगढी: गोप्य सूचनाको आधारमा बागडोग्रा पुलिसले आज दिउँसो बागडोग्रामा गाँजा तस्कर गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेका पाँच तस्करहरूबाट पुलिसले ५४ किलो मणिपुरी गाँजा बरामद गरेको छ।
सूचनाको आधारमा एसीपी देवाशिष बोस घटनास्थलमा पुगेर आफ्नो निगरानीमा गाँजा जफत गरे। सबै अभियुक्तहरू विरुद्ध एनडीपीएस ऐन अन्तर्गत कारबाही गरिएको छ।

एसीपी देवाशिष बोसले भने कि सबै अभियुक्तहरू कुचबिहारको शितलकुचीका बासिन्दा हुन्। यी व्यक्तिहरूले गाँजाको सम्बन्धमा बिहारको किशनगंजमा आपूर्ति गरिरहेको स्वीकार गरेका छन्। बिहारमा मदिरा प्रतिबन्ध पछि गाँजा र लागूऔषधको माग धेरै बढेको छ।









