अबुधाबी(युएई): संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न अपराधमा जेल परेका १२० नेपालीलाई माफी दिएको छ।
अबुधाबीस्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकहरूको बाँकी जेल सजाय माफी गरिएको छ।
दूतावासका अनुसार युएई सरकारले इस्लाम धर्मावलम्बीको महान पर्व अल अहदको अवसरमा यो निर्णय गरेको हो।