एआईएफएफ-लाई पत्र लेखेर चेताउनी दिन वाध्य आईएसएल-को ११ वटा क्लब

IMG-20250817-WA0071

नयाँ दिल्ली: इण्डियन सुपर लीग (आईएसएल)-को ११ वटा क्लबले अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-लाई यस शीर्ष स्तरीय घरेलु फूटबल प्रतियोगिताको भविष्यलाई लिएर जारी गतिरोधको चाँड़ै हल नलिकालिए क्लबहरूहरूमाथि सम्पूर्ण रूपले बन्द हुने वास्तविक संकट हुनेछ। आईएसएल-को आउँदो सीजन अनिर्दिष्टकालको निम्ति स्थगित गरिएको छ, जसले क्लबहरूको चिन्ता बढ़ेको छ। एआईएफएफ अध्यक्ष कल्याण चौबेलाई लेखिएको पत्रमा भनिएको छ, राष्ट्रिय महासंघ र आईएसएल-को आयोजक एफएसडीएल-बीच मास्टर राइट्स एग्रीमेण्ट (एमआरए)-को नवीनीकरण नहुँदा उत्पन्न भएको संकटले भारतमा पेशादार फूटबललाई असहाय बनाएको छ। क्लबहरूले पत्रमा लेखेको छ, गत ११ सालहरूमा निरन्तर निवेश र लगातार प्रयासको माध्यमले क्लबहरूले युवा विकास कार्यक्रम, प्रशिक्षण अवसंरचना, समुदायहरूसम्म पुग्ने कार्यक्रम र पेशादार टीमहरू बनाएको छ। यी टीमहरूले घरेलु र अन्तर्राष्ट्रिय स्तरमा भारतीय फूटबलको शान बढ़ाएको छ। यो प्रगति अहिले पतनको दिशामा अग्रसर छ। वर्तमान परिस्थितिहरूले तत्काल र गम्भीर परिणाम उत्पन्न गरेको छ। वर्तमान समयमा सञ्चालन निलम्बित हुँदा अनि लीगको निरन्तरतामाथि कुनै निश्चितता नहुँदा धेरै क्लबहरूले सम्पूर्ण रूपले बन्द हुने वास्तविक सम्भावनाको सामना गर्नु परिरहेको छ।
एफएसडीएल-ले एमआरए-मा हस्ताक्षर नभएको तर्क अघि राखेर २०२५-२६ सीजनलाई ११ जुलाईमा अनिश्चितकालको निम्ति स्थगित गरिएको घोषणा गरेको थियो। त्यसपछि वर्तमान स्थिति उत्पन्न भएको छ। त्यसपछि कम्तीमा ३ वटा क्लबले आफ्नो मुख्य टीमको सञ्चालन रोकेको छ। केही क्लबहरूले खेलाड़ीहरू र कर्मचारीहरूका वेतन रोकेको छ। क्लबहरूले लेखेको छ, यो केवल प्रशासनिक गतिरोध नभएर भारतीय फूटबलको निम्ति वास्तविक संकट हो। हामी तपाईंलाई सबैभन्दा गम्भीर परिस्थितिहरूमा लेखिरहेका छौं। लीगको अनिश्चितताले गर्दा गत एक दशकदेखि प्रशंसकहरू, प्रायोजकहरू, निवेशकहरू र अन्तर्राष्ट्रिय फूटबल निकायहरूसँग कठोर मेहनतले बनाइएको विश्वासमाथि खतरा उत्पन्न भएको छ। यसले लीगलाई अपूरणीय क्षति पुग्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement