स्पेनिश ला लीगाः बार्सिलोना ३-०-ले विजयी

Screenshot_20250817_151505_FotoCollage Maker

बार्सिलोना: बार्सिलोनाले स्पेनिश ला लीगा फूटबल प्रतियोगिताको नयाँ सीजनमा जीतको साथ शुरुवात गऱ्यो। शनिवार राति खेलिएको म्याचमा गत सीजनको च्याम्पियन बार्सिलोनाले ९ जना खेलाड़ीमा सीमित मालोर्कालाई ३-०-ले पराजित गऱ्यो। यस अवे म्याचमा ७२ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनालाई राफिन्हाले सातौं मिनटमा बढ़त दिलाए। त्यसपछि फेरान टोरेसले २३औं मिनटमा गोल गरी स्कोर २-० पुऱ्याए। शुरुमै २ गोल खाने होम टीम मालोर्कालाई मध्यान्तर अघि २ वटा झट्का लाग्यो। मीडफिल्डर मानु मोरलानेसले ३३औं र सेण्टर फरवर्ड वेदात मुरुकिले ३९औं मिनटमा रेड कार्ड देख्दा मालोर्काको टीम ९ जना खेलाड़ीमा सीमित भयो। विपक्षी टीम ९ जना खेलाड़ीमा सीमित भए पनि बार्सिलोनाले अधिक फाइनल हुन सकेन। यसैकारण उनीहरूले म्याचको तेस्रो गोलको निम्ति अन्तिम समयसम्म प्रतीक्षा गर्नु पऱ्यो। स्टार फरवर्ड लामिन यमालले इञ्ज्युरी टाइमको चौथो मिनटमा बार्सिलोनालाई म्याचको तेस्रो गोल दिलाए। यस जीतपछि बार्सिलोना एउटा म्याचमा ३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहन पुग्यो। ला लीगाका अन्य म्याचहरूमा रायो भाल्लेकानोले जिरोनालाई ३-१, भिल्लारियलले ओविएडोलाई २-०-ले र अलावेसले लेवान्तेलाई २-१-ले पराजित गऱ्यो। यसरी भेलेन्सिया र रियल सोसिएदादबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement