काेलकत्ता: अर्जेण्टिनाका सुपरस्टार फूटबलर लियोनल मेस्सीको भारत यात्रालाई अन्तिम मञ्जुरी प्राप्त भयो अनि उनको ३ दिवसीय यात्राको शुरुवात १२ दिसम्बरमा काेलकत्ताबाट हुनेछ। यस आयोजनको प्रमोटर सताद्रु दत्तले यस कार्यक्रमको जानकारी दिएका छन्। मेस्सीको जेओएटी टूर अव् इण्डिया २०२५-को पहिलो केन्द्र काेलकत्ता हुनेछ। त्यसपछि उनी अहमदाबाद, मुम्बई र दिल्ली जानेछन्। यात्राको समापन १५ दिसम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको आवासमा भेटघाटको साथ हुनेछ। यो २०११ पछि मेस्सीको पहिलो भारत यात्रा हुनेछ। त्यस समय उनी काेलकत्ताको सल्ट लेक स्टेडियममा अर्जेण्टिनाई टीमको तर्फबाट भेनेजुएलाविरुद्ध एउटा मैत्री म्याच खेल्न ओर्लिएका थिए। दत्तले भने, मैले पुष्टि पाइसकेको छु। यसैकारण मैले यसको घोषणा (सोशल मीडियामा) गरे। मेस्सीले २८ अगस्तदेखि १ सेप्टेम्बरबीच यसको पोस्ट गर्नेछन्। त्यसमा आधिकारिक पोस्टर र यात्राको जानकारी हुनेछ।
दत्तले यस सालको शुरुवातमा मेस्सीको पितासँग भेट गरेर यसको प्रस्ताव राखेका थिए। मेस्सीले आफ्नो आवासमा उनीसँग भेट गरेर ४५ मिनटसम्म कुराकानी गरेका थिए। दत्तले भने, मैले उनलाई पूरा कार्यक्रमबारे बताएको छु। उनले आउने वाचा गरेका छन्। मेस्सीसँग इण्टर मियामीका रोड्रिगो डी पल, लुई सुआरेज, जोर्डी अल्बा र सर्जियो बुस्केट्स पनि भारत आउन सक्छन्। मेस्सीले हरेक शहरमा नानीहरूसँग मास्टरक्लासमा पनि हिस्सा लिनेछन्। दत्तले भने, मेस्सी १२ दिसम्बरमा काेलकत्ता पुग्नेछन् अनि त्यहाँ २ दिन र १ रात बस्नेछन्। उनले १३ दिसम्बरमा मीट एण्ड ग्रीट कार्यक्रममा हिस्सा लिनेछन्। उनको निम्ति विशेष फूड अनि टी फेस्टिवल हुनेछ, जसमा बंगाली माछा हिल्सा, मिठाई र असमको चिया रहनेछ। त्यसपछि मेस्सीले ईडन गार्डन्स स्टेडियममा जीओएटी कन्सर्ट र जीओएटी म्याचमा हिस्सा लिनेछन्। शहरमा दुर्गा पूजाको अवसरमा मेस्सीको २५ फूट अग्लो र २० फूट चौड़ा भित्ताचित्र पनि राखिनेछ, जसमा प्रशंसकहरूले आफ्नो सन्देश लेख्न सक्नेछन्। जीओएटी म्याचमा प्रत्येक टीममा ७ जना खेलाड़ीहरू रहनेछन् अनि उनीहरूले सफ्ट टच या सफ्ट बल म्याचमा हिस्सा लिनेछन्। त्यस म्याचमा सौरभ गांगुली, लिएण्डर पेस, जन अब्राहम र भाइचुङ भूटिया पनि रहनेछन्। ईडन गार्डन्समा हुने त्यस आयोजनको निम्ति टिकटको न्यूनतम मूल्य ३५०० रुपियाँ हुनेछ। पश्चिम बंगालकी मुख्य मन्त्री ममता ब्यानर्जीले मेस्सीलाई सम्मानित गर्ने सम्भावना पनि रहेको छ। काेलकत्तापछि मेस्सीले १३ दिसम्बरकै साँझ अहमदाबादमा अडवाणी फाउण्डेशनको निजी कार्यक्रममा भाग लिनेछन्। उनी १४ दिसम्बरमा मुम्बई पुग्नेछन्, जहाँ सीसीआई-मा ३ः४५ बजी मीट एण्ड ग्रीट कार्यक्रम हुनेछ। त्यसपछि वानखेड़े स्टेडियममा ५ः३० बजीदेखि जीओएटी कन्सर्ट र जीओएटी म्याचको आयोजन हुनेछ। महाराष्ट्र क्रिकेट एसोसिएशनले मेस्सीको साथमा सचिन तेन्दुलकर, एमएस धोनी र रोहित शर्मालाई लिएर जीओएटी क्याप्टन्स मोमेण्टको आयोजन गर्न सक्छ। यसरी फूटबल म्याचमा शाहरुख खान, रणवीर सिंह, आमिर खान र टाइगर श्रोफले हिस्सा लिनसक्छन्। त्यसपछि मेस्सी १५ दिसम्बरमा दिल्ली गएर प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। त्यसपछि फिरोजशाह कोटला स्टेडियममा जीओएटी कन्सर्ट र जीओएटी म्याचको आयोजन हुनेछ। यसबीच दिल्ली क्रिकेट संघले विराट कोहली र शुभमन गिललाई पनि आमन्त्रित गर्न सक्छ, जो मेस्सीका प्रशंसक हुन्।