सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा ओमिशा (एण्टप्राइज) एफसी च्याम्पियन भयो। सालुगढ़ा खेल मैदानमा शुक्रवार भएको फाइनल म्याचमा ओमिशा एफसीले ब्राइट स्पोर्टिंग क्लबविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको निम्ति एकमात्र गोल जोगाई बर्मनले २३औं मिनटमा गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी भेटरन्स टुर्नामेण्टमा सासोनियन गनर्स च्याम्पियन भयो। फाइनलमा सासोनियन गनर्सले मिलनमोड़ भेटरन्स विरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो।

नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। यसबाहेक ३ वटा आयु वर्गमा पनि फूटबल टुर्नामेण्टको आयोजन गरिएको थियो। प्रत्येक वर्गमा च्याम्पियन र रनरअप हुने टीमहरूलाई आकर्षक ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो।