नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका पेस बलर आकाश दीपले मुख्य प्रशिक्षक गौतम गम्भीर र कप्तान शुभमन गिलले ईंग्ल्याण्ड यात्रामा कसरी उनलाई समर्थन गरे भन्ने बताएका छन्। आकाशले विशेषगरी प्रशिक्षक गम्भीरको प्रशंसा गरेका छन्। आकाशले बताएअनुसार, प्रशिक्षकलाई उनीमाथि जति विश्वास छ त्यति उनलाई पनि आफूमाथि छैन। आकाश दीपले ईंग्ल्याण्ड यात्रामा ५ वटा टेस्टमा ३ वटा खेले। उनले बर्मिंघम र लण्डनमा हासिल भएको जीतमा महत्त्वपूर्ण योगदान दिए। आकाश दीपले एउटा म्याचमा १० विकेट लिए अनि दोस्रो म्याचमा अर्द्धशतक बनाएर भारतको जीतमा उपयोगी भूमिका निर्वाह गरे। ओवलमा नाइट वचम्यानको रूपमा ओर्लिएर ६६ रन बनाएपछि मुख्य प्रशिक्षक गम्भीरले के भनेका थिए भन्ने आकाश दीपले अहिलेसम्म भुलेका छैनन्। आकाशले भने, गौतम सरले मलाई तिमी के गर्न सक्छौं भन्ने तिमीलाई पनि थाहा छैन भनेका थिए। तिमी यो काम गर्न सक्छौ भन्ने मैले बारम्बार भनेको थिएँ। तिमीले यसै समर्पणको साथ खेल्नु पर्छ। गौतम सर साँच्चै जोशिलो छन्। उनले हामीलाई सदा प्रेरित गर्छन्। उनलाई मेरो बलिंग र ब्याटिंग दुवैमा मभन्दा अधिक विश्वास छ।
यस २८ वर्षीय पेस बलरले फरवरी २०२४-मा राहुल द्रविड़को कार्यकालको अवधि नै अन्तर्राष्ट्रिय पदार्पण गरेका थिए अनि उनले गम्भीरको मार्गदर्शनमा पनि खेल्ने मौका पाए। आकाश दीप अष्ट्रेलिया यात्रामा पनि टीमको हिस्सा थिए। उनले ब्रिसबेन र मेलबर्नमा टेस्ट म्याच खेलेका थिए। ईंग्ल्याण्ड यात्रामा लीड्स टेस्टमा नखेले पनि बर्मिंघम टेस्ट खेल्ने मौका पाएपछि उनले १० विकेट लिएका थिए। यसरी ओवल टेस्ट म्याचमा उनले ब्याटको साथ असल योगदान दिएका थिए। आकाश दीपले बताएअनुसार, नयाँ टेस्ट कप्तान शुभमन गिलसँग सामञ्जस्य मिलाउनु सजिलो रह्यो। उनले भने, गिल असल कप्तान हुन्। उनले पहिलोपल्ट कप्तानी गरेका होइनन्। उनी गत केही सालदेखि आईपीएलमा कप्तानी गरिरहेका छन्, जुन एउटा ठूलो मञ्च हो। त्यहाँको अनुभवको अलग महत्त्व हुन्छ। मैदानमा गिललाई साधारणत शान्त देखिन्छ तर उनीसँग म्याचको हरेक परिस्थितिको रूपमा अलग-अलग आइडिया रहेको हुन्छ। यसले मैदानमा उनलाई फसेला लिनमा सहायता पुग्छ। आफ्नो पहिलो ईंग्ल्याण्ड यात्राको अनुभवबारे आकाश दीपले भने, हामीले ईंग्ल्याण्डमा ५ वटा टेस्ट म्याच खेल्यौं। त्यहाँ पीच हामीले सालौंदेखि सुन्दै आएको जस्तो थिएन। अधिकांश समय नै बल सीम या स्विंग भइरहेको थिएन। यसैकारण हामीले झट्पट सामञ्जस्य मिलाउनु पऱ्यो।