जेलेन्स्कीले ट्रम्प र युरोपेली नेताहरूसँग भर्चुअल वार्ता गर्ने

IMG-20250813-WA0084

कीव: युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूसँग भर्चुअल वार्ता गर्ने भएका छन्।
यो वार्ता ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको अलास्कामा हुने भेटघाटको दुई दिनअघि हुन लागेको हो। ट्रम्प–पुटिन वार्तामा युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
ह्वाइट हाउसले उक्त अलास्का वार्तालाई ‘सुनुवाइ अभ्यास’को रूपमा उल्लेख गरेका छन्।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि कीभको सहभागिता बिना गरिएका कुनै पनि सम्झौता ‘मृत निर्णय’ नहुने स्पष्ट रूपमा भनेका थिए।
आजको भर्चुअल वार्तामा ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूको कुरालाई सुन्ने अपेक्षा गरिएको छ। यसअन्तर्गत उनीहरूले ट्रम्पलाई पुटिनबाट प्रभावित नहुन आग्रह गर्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement