सियोल: दक्षिण कोरियाका जेलमा रहेका पूर्व राष्ट्रपति युन सुक योएलकी पत्नी (पूर्वप्रथम महिला) किम किओन हीलाई पक्राउ गरिएको छ। स्टक हेरफेर, घूसखोरी र राजनीतिक हस्तक्षेपलगायतका आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
अदालतले प्रमाण नष्ट गर्ने जोखिम देखाउँदै मंगलबार उनलाई थुनामा राख्न आदेश दिएको छ। किममाथि बीएमडब्ल्यूका स्टक मूल्य हेरफेर गरेर करिब ८ करोड वोन नाफा कमाएको, युनिफिकेशन चर्चबाट घूसस्वरूप च्यानल झोला र हिराको हार लिएको आरोप छ।
उनले २०२२ र २०२४ का निर्वाचनमा उम्मेदवार चयनमा पनि हस्तक्षेप गरेको आरोप लागेको छ।
दक्षिण कोरियामा पूर्वराष्ट्रपति र पूर्वप्रथम महिला दुवै जेल परेको यो पहिलो पटक हो।
युनले आफ्नो कार्यकालमा पत्नीमाथि विशेष छानबिन गर्नेसम्बन्धी विधेयकमा वीटो गरेका थिए। तर प्रतिस्पर्धी ली जे म्युङ राष्ट्रपति बनेपछि विशेष अनुसन्धान अघि बढाइएको हो।








