कूटनीतिक वार्ता जारी रहँदा रुस–युक्रेनबीच ड्रोन आक्रमण जारी

IMG-20250813-WA0088

मस्को: कूटनीतिक वार्ता जारी रहँदा रुस–युक्रेन युद्ध अझै रोकिएको छैन। युक्रेनी सेनाका अनुसार रुसले गएराति युक्रेनमा ४९ ड्रोन प्रहार गरेको छ।
खेरसोन क्षेत्रमा रिहायसी भवनमाथि भएको आक्रमणमा एक जनाको मृत्यु भएको युक्रेनको आपतकालीन सेवाले जनाएको छ।
डोनेत्स्कको कोस्त्यान्तिनिभका शहरमा रुसको आक्रमणमा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएका छन्।
यस्तै आक्रमणबाट १२ घरमा क्षति पुगेको डोनेत्स्कका गभर्नर भादिम फिलाशकिनले बताए। पछिल्लो २४ घण्टामा रुसले डोनेत्स्क क्षेत्रका बस्तीमा ३० पटक आक्रमण गरेको उनी बताउँछन्।
यसबीच युक्रेनी सेनाले रुसको उनेचा तेल पम्पिङ स्टेशनलगायत महत्वपूर्ण स्थानमा आक्रमण गरेको जनाएको छ।
रुसको वायु सेनाले बेलगोरोड क्षेत्रमा प्रहार गरिएका १७ युक्रेनी ड्रोन खसालेको तथा रातभरमा ४६ ड्रोन ध्वस्त पारेको दाबी गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement