जन्मदरमा आएको गिरावटले दक्षिण कोरियामा सैनिकको संख्या घट्यो

IMG-20250811-WA0111

सियोल: दक्षिण कोरियामा जन्मदरमा आएको गिरावटका कारण सेनाको संख्या पनि घटेको छ। दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार जन्मदरमा आएको गिरावटका कारण सेनामा सिपाहीहरूको संख्या घटेर ४.५ लाख पुगेको छ।
सत्तारुढ डेमोक्र्याटिक पार्टीका सांसद चु मी–एले सार्वजनिक गरेको प्रतिवेदनमा विगत ६ वर्षमा सैन्य बल २० प्रतिशतले घटेको उल्लेख छ।
सैनिक अभावका कारण केही युनिट बन्द भएका छन् भने केही अन्य युनिटसँग गाभिएका छन्।
दक्षिण कोरियाली अधिकारीहरूले प्रतिमहिला जन्मदर ०.७५ बच्चा रहेको बताएका छन्। यो दर विश्वमै सबैभन्दा कम हो।
दक्षिण कोरियामा अनिवार्य सैन्य सेवा अझै पनि छ। यो देश अझै पनि प्राविधिक रूपमा आफ्नो आणविक हतियारधारी छिमेकी उत्तर कोरियासँग युद्धमा छ।
जुलाईमा दक्षिण कोरियाली अनुसन्धानकर्ताहरूले प्रकाशित गरेको एक अध्ययनले उत्तर कोरियाली आक्रमणबाट बच्न देशलाई कम्तीमा पाँच लाख सेनाको आवश्यकता पर्ने सुझाव दिएको थियो।
यसमा एक लाख तीस हजार सक्रिय सैनि शामिल छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement