चोटले गर्दा यूएस ओपनबाट नाम फिर्ता लिइन् पाउला बाडोसाले

IMG-20250809-WA0108

नयाँ दिल्ली: स्पेनिश टेनिस स्टार पाउला बाडोसाले ढाड़को चोटले गर्दा यूएस ओपन टेनिस टुर्नामेण्टबाट नाम फिर्ता लिएकी छन्। उनी ३० जूनमा विम्बल्डनको पहिलो राउण्डमा पराजित भएपछि चोटसँग जुझिरहेकी छन्। बाडोसा टेनिसमा पुरुष एकल खेलाड़ी ग्रीसका स्टेफानोस सितसिपासकी गर्लफ्रेण्ड हुन्। यूएस ओपनको आयोजक अमेरिकी टेनिस संघले बाडोसाले नाम फिर्ता लिएकी अनि उनको स्थानमा जिल टिचम्यानलाई मुख्य ड्र-मा सामेल गरिएको जानकारी दिएको छ। यूएस ओपनको मुख्य ड्र-का म्याचहरू २४ अगस्तदेखि शुरु हुनेछ। गत केही सालदेखि निरन्तर असल प्रदर्शन गरिरहेकी २७ वर्षीय बाडोसा २०२२-मा आफ्नो करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग (नम्बर २)-मा पुगेकी थिइन्। अहिले उनी विश्व ऱ्याङकिंगमा १२औं स्थानमा रहेकी छन्। गत वर्ष उनी यूएस ओपनको क्वार्टर फाइनलसम्म पुगेकी थिइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement