गाजा नियन्त्रण लिने इजरायलको योजना अनुमोदन

IMG-20250808-WA0062

युद्ध अन्त्यका लागि पाँच बुँदेमा काम गर्दै

इजरायल: इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजा नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको छ।
प्रधानमन्त्री नेतान्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै गाजा नियन्त्रणका लागि सहमति भएका योजना र ‘युद्ध अन्त्यका लागि पाँच बुँदे’ विवरण सार्वजनिक गरेको छ।
यसलाई शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट बहुमतले पारित गरेको बताइएको छ। यसमा भनिएको छ, ‘आईडीएफले युद्ध क्षेत्र बाहिरका नागरिकलाई मानवीय सहायता प्रदान गर्दै गाजाको नियन्त्रण लिन तयारी गर्नेछ। युद्ध अन्त्य गर्न पाँच बुँदामा काम गर्नेछ।’
यस्ता छन् युद्ध अन्त्यका पाँच बुँदा:
हमासको निशस्त्रीकरण
सबै बन्धकहरूको फिर्ती जीवित र मृत
गाजामा निशस्त्रीकरण
गाजाको सुरक्षा नियन्त्रण इजरायलकाे हाथमा हमास र प्यालेस्टिनी प्राधिकरणमुक्त वैकल्पिक नागरिक सरकार
बिहीबार फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतान्याहूले भनेका थिए,‘हामी सम्पूर्ण गाजामाथि नियन्त्रण चाहन्छौं। हाम्रो सुरक्षा सुनिश्चित गर्न, हामी हमासलाई गाजाबाट हटाउन चाहन्छौं। हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौं।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement