शारदा क्षेत्री
मस्तिष्कको रक्तनली बन्द हुने वा फुटेको अवस्थालाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) भनिन्छ। यो स्केमिक र हेमोरेजिक गरी दुई किसिमको हुन्छ। मस्तिष्कको रगत बग्ने नली बन्द भएर अथवा कम रगत प्रवाह वा रगत जमेका कारणले मस्तिष्कमा हुने पक्षघात स्केमिक हो। यो झन्डै ८० प्रतिशतमा देखिने गरेको छ।
त्यस्तै टाउकोमा नसा फुटेर हुने मस्तिष्कघात हेमोरेजिक हो। स्केमिकभन्दा हेमोरेजिक बढी जोखिम हुन्छ। मस्तिष्कघातपछि कतिपय बिरामीको हात, खुट्टा नचल्ने र मुख बांगिने हुन्छ। कतिपय बिरामीलाई पक्षघात हुन सक्छ। मस्तिष्कघात हुन नदिन खानपानलगायतका जीवनशैलीमा ध्यान दिनु पर्छ।