शुभमन गिलको कप्तानीमा दलीप ट्रफी खेल्न तयार उत्तर क्षेत्र

IMG-20250808-WA0012

नयाँ दिल्ली: शारीरिक र मानसिक रूपले थकित बनाउने ईंग्ल्याण्डविरुद्ध टेस्ट सीरीजको लगत्तै पछि भारतीय टेस्ट टीमका कप्तान शुभमन गिललाई २८ अगस्तदेखि बेंगलुरुमा शुरु हुने दलीप ट्रफीको म्याचमा खेलिरहेको देखिनेछ। उनलाई उत्तर क्षेत्र टोलीको कप्तान नियुक्त गरिएको छ। गिलको कप्तानीमा भारतले ईंग्ल्याण्डमा ५ वटा टेस्ट म्याचको सीरीज २-२-को बराबरीमा समाप्त गरेको थियो। भारतीय कप्तानले सीरीजमा ७५४ रन बनाएका थिए। गिलको साथमा देब्रे हातका पेस बलर अर्शदीप सिंह, पेस बलर अंशुल कम्बोज र पेस बलिंगअलराउण्डर हर्षित राणालाई पनि उत्तर क्षेत्रको १५ सदस्यीय टीममा सामेल गरिएको छ। बिहीवार नयाँ दिल्लीमा भएको क्षेत्रीय चयन समितिको बैठकपछि गिल, अर्शदीप र राणामा कसैलाई पनि दलीप ट्रफीको साथमा हुने भारतीय म्याचहरूको निम्ति मुख्य टीममा सामेल गरिए सर्विसेजका शुभम रोहिल्ला, पञ्जाबका गुरनूर बरार र हरियाणाका अनुज ठकराललाई मुख्य टीममा सामेल गरिने घोषणा गरियो। भारतले ९ देखि २८ सेप्टेम्बरसम्म यूएई-मा हुने एशिया कपमा हिस्सा लिनेछ। उत्तर क्षेत्रको टीममा आयुष बदोनी र ब्याटर यश ढुललाई सामेल गरिएको छ। दलीप ट्रफी ६ वटा टोलीको पुरानो क्षेत्रीय प्रारूपमा आयोजन गरिनेछ। उत्तर क्षेत्रले आफ्नो पहिलो म्याच बीसीसीआई सेण्टर अव् एक्सीलेन्स ग्राउण्डमा ईशान किशनको कप्तानीमा रहने पूर्वी क्षेत्रविरुद्ध खेल्नेछ। त्यस म्याचको विजेता टीमले सेमिफाइनलमा स्थान बनाउनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement