बिर्तामोड: भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदैछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी १७ अगस्टमा काठमाडौं आउनेछन्।
नेपाल भ्रमणको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा आदिसँग भेट गर्नेछन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीका सन्दर्भमा परराष्ट्र सचिव मिश्री नेपाल भ्रमणमा आउँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओली सेप्टेम्बरको दोस्रो हप्तामा भारत भ्रमणमा आउँदैछन्। साउनको सुरुमा प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानमन्त्री ओली १६ सेप्टेम्बरमा भारत भ्रमणमा जाने जानकारी दिएको थियो।