चेन्नई सुपर किंग्समा कायम रहने धोनीको इच्छा

IMG-20250807-WA0086

नयाँ दिल्ली: इण्डियन प्रीमियर लीग (आईपीएल)-मा महेन्द्र सिंह धोनीको भविष्यलाई लिएर निक्कै चर्चा भइरहेको छ। आईपीएल २०२५-को अवधि रुतुराज गायकवाड़ चोटले गर्दा बाहिर हुँदा धोनीले चेन्नई सुपर किंग्स (सीएसके)-को कप्तानी सम्हालेका थिए। गत आईपीएल सीजनमा सीएसके-को प्रदर्शन निराशाजनक रहे पनि धोनीको उपस्थितिले गर्दा टीमको लोकप्रियतामा कुनै कमी आएन। धोनीले कप्तानको भूमिकामा निर्वाह गरे पनि पूरा सीजनमा उनको सन्न्यासलाई लिएर चर्चा भयो। हालै एउटा कार्यक्रममा पनि यस अनुभवी विकेटकीपर-ब्याटरसँग सीएसके-सँग उनको भविष्यबारे प्रश्न गरिँदा उनले स्पष्ट जवाफ दिए। धोनीले भने, मसँग फसेला गर्नको निम्ति धेरै समय रहेको छ अनि यो कुरा मैले पहिला पनि भनिसकेको छु। अहिले तपाईंहरू पहेंलो जर्सीमा फर्किनेबारे प्रश्न गरिरहनु भएको छ भने म सदा पहेंलो जर्सीमा रहनेछु। यही मेरो जवाफ हो। म चाहे खेलूँ या नखेलु, त्यो अलग कुरा हो। सम्भवत आउँदो १५–२० सालसम्म। यसबाहेक अझ १५–२ सालसम्म खेल्न सक्नेछु जस्तो त लाग्दैन। उल्लेखनीय छ, धोनी २००८-मा आईपीएलको पहिलो संस्करणदेखि नै सीएसके-मा रहेका छन्। उनको कप्तानीमा टीमले ५ पल्ट आईपीएल ट्रफी जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement