शुभेन्दु अधिकारीमाथि भएको आक्रमणको विरोधमा प्रदर्शन

IMG-20250806-WA0092

सिलगढी: उत्तर बंगालको काेचबिहारमा राज्यका विपक्षी नेता शुभेन्दु अधिकारीको काफिलामा भएको आक्रमणको विरोधमा भाजपाले सिलिगढीमा टायर बालेर विरोध प्रदर्शन गरेको छ। बुधबार सिलगढीसँग जोडिएको फुलबाडी बटालियन मोडमा विरोध प्रदर्शन गरिएको थियो।
यसको नेतृत्व डाबग्राम-फुलबाडीकी विधायक शिखा चटर्जीले गरेकी थिइन्। विरोध प्रदर्शनका क्रममा भाजपा समर्थकहरूले उत्तर बंगाल विकास मन्त्री उदयन गुहालाई पनि पक्राउ गर्न माग गरेका थिए। प्रदर्शनका कारण सडकको दुवैतिर जाम भएको थियो। घटनाको जानकारी पाएपछि भारी पुलिस बल घटनास्थलमा पुगेर सडकलाई जाममुक्त बनाएको थियो।
डाबग्राम-फुलबाडीकी विधायक शिखा चटर्जीले शुभेन्दु अधिकारीको काफिलामा भएको आक्रमण कोलकातामा बसेको नेतृत्वको हात भएको बताइन्। पुलिसको उपस्थितिमा शुभेन्दुको गाडीको ऐना फुटाइएको थियो। यो आक्रमण उत्तर बंगाल विकास मन्त्री उदयन गुहाको उपस्थितिमा भएको हो। भाजपाले उदयन गुहालाई पक्राउ गर्न माग गरेको छ।
उल्लेखनीय छ शुभेन्दु अधिकारीले मंगलबार काेचबिहारमा भाजपा विधायकहरूमाथि भएको आक्रमणको सम्बन्धमा काेचबिहारका पुलिस अधीक्षकलाई भेटेका थिए। उनीहरूको काफिले काेचबिहारको खगराबाडी चुपट्टी पुग्ने बित्तिकै विरोध प्रदर्शन सुरु भयो। यस क्रममा गो ब्याक नारा पनि लगाइयो। शुभेन्दुको गाडीको ऐना फुटेको थियो। आक्रमणको विरोधमा राज्यभर भाजपाको विरोध प्रदर्शन भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement