दार्जिलिङका सांसद राजु विष्टको गृहमन्त्री अमीत शाहसँग भेटवार्ता

IMG-20250806-WA0089

खरसाङ: दार्जीलिङका सांसद राजु विष्टले बुधवार नयाँ दिल्लीमा देशका गृहमन्त्री अमित शाहसँग भेट गरेर दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट उनलाई भारतको सबैभन्दा लामो समयसम्म गृहमन्त्रीको रुपमा सेवा दिइरहेकोमा बधाई दिएको नयाँ दिल्लीबाट सासंद विष्टले जानकारी दिएका छन्। उनले जनाए अनुसार यस भेटमा उनले आफ्नो क्षेत्रसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा राजनीतिक विषयहरूमा गृहमन्त्री शाहासँग छलफल गरे। विशेष गरी दार्जीलिङ पहाड़, तराई अनि डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्नका लागि स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्नु आवश्यक रहेको कुरा पनि उनले जनाएको बताएका छन्। यस क्षेत्रका जनताको दीर्घकालीन आकांक्षाहरूलाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर समर्थन र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै शाहालाई यस दिशामा तीव्र पाइला चालीदिने आग्रह गरेको पनि विष्टले थप बताएका छन्। तिनले अझ जनाए अनुसार गृहमन्त्री शाहले हाम्रो क्षेत्रको विशेष पहिचान र आकांक्षालाई सम्मान गर्ने संवैधानिक ढाँचा निर्माण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिए।सांसद राजु विष्टले गृहमन्त्रालयले यस विषयमा कार्य गरिरहेको बताउँदै छिट्टै ठोस सकारात्मक कदमहरू चालिने जानकारी समेत दिएको बताएका छन्। यस बैठक गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व अनि गृहमन्त्री अमित शाहको मार्गदर्शनमा दार्जीलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको उज्वल भविष्यप्रति अत्यन्त विश्वस्त र सकारात्मक रहेको पनि सासंद विष्टले थप जनाएका छन्।

About Author

Advertisement