नयाँ दिल्ली: भारतीय टीमको ईंग्ल्याण्ड यात्रा पूरा भइसकेको छ अनि खेलाड़ीहरू स्वदेश फर्किसकेका छन्। शुभमन गिलको कप्तानीमा भारतले ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजमा असाधारण प्रदर्शन गऱ्यो। भारतीय टीम समक्ष अघिल्लो चुनौती एशिया कप रहेको छ, जसमा उनीहरू खिताब बचाउन मैदानमा ओर्लिनेछन्। एशिया कपको शुरुवात ९ सेप्टेम्बरदेखि हुनेछ अनि यो टुर्नामेण्ट टी२० प्रारूपमा खेलिनेछ। यसरी अब चयनकर्ताहरू समक्ष एशिया कपको निम्ति टीम चयन गर्ने चुनौती रहनेछ। भारतले टी२० इण्टरनेशनलमा गत केही समयदेखि लगातार असल प्रदर्शन गरेको छ। सूत्रबाट थाहालागे अनुसार, अगस्तको अन्तिम हप्ताभित्र एशिया कपको निम्ति टीमको घोषणा गरिनेछ। यसको निम्ति यशस्वी जयसवाल, शुभमन गिल र साई सुदर्शन जस्ता खेलाड़ीहरू टीममा स्थान बनाउने दावेदारहरूमा सामेल छन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) सूत्रले बताएअनुसार, चयनकर्ताहरूले समस्त विकल्प खुल्ला राखेका छन्।
एशिया कपको फाइनल २८ सेप्टेम्बरमा खेलिनेछ। एशिया कप समाप्त भएको एक हप्ताभन्दा कम्ती समयमा भारत र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच शुरु हुनेछ। यसरी भारतीय टीमले एशिया कपको फाइनलमा स्थान बनाए खेलाड़ीहरूका थकानले वेष्ट इण्डिजविरुद्ध टेस्ट सीरीज प्रभावित हुनसक्छ। चयनकर्ताहरूले यस कुरामा विशेष ध्यान दिनेछन्। भारत र वेष्ट इण्डिजबीच पहिलो टेस्ट म्याच २ अक्टोबरदेखि अहमदाबादमा शुरु हुनेछ। यशस्वी आईपीएलको गत सीजनमा असल फर्ममा थिए अनि उनले १६०-को स्ट्राईक रेटले ५५९ रन बनाएका थिए। यसरी गिलले १५ वटा म्याचमा १५५ भन्दा अधिकको स्ट्राईक रेटले ६५० रन बनाएका थिए। गुजरात टाइटन्समा गिलका ओपनिंग साझेदार साई सुदर्शनले १५६-को स्ट्राईक रेटले ७५९ रन बनाएर ओरेञ्ज क्याप पनि जितेका थिए। ईंग्ल्याण्ड यात्राको समापन र एशिया कप शुरु हुनुबीच ५ हप्ताको ब्रेक रहेको छ अनि यस अवधि कुनै क्रिकेट नरहेको हुनाले सञ्जु सेमसन र अभिषेक शर्माको असाधारण प्रदर्शनपछि पनि यी ३ जनाले भारतीय टी२० टीममा स्थान पाउन सक्छन्। एशिया कपको २१ दिनमा कुनै टीमले फाइनलमा स्थान बनाए पनि केवल ६ वटा टी२० म्याच खेल्नु पर्नेछ। यसैकारण अधिक दबाउ रहनेछैन तर एशिया कपको निम्ति १७ सदस्यीय टीम चयन गर्ने अनुमति प्राप्त भएपछि चयनकर्ताहरूले समस्त विकल्पहरूमाथि सावधानीपूर्वक विचार गर्नेछन्।
एशिया कपको आयोजन यूएई-मा हुनेछ। त्यहाँको पीच र त्यसको ६ महिनापछि हुने टी२० वर्ल्ड कपलाई ध्यानमा राखेर यशस्वी, गिल र सुदर्शन तार्किक रूपले शीर्ष क्रमका महत्त्वपूर्ण खेलाड़ी हुनसक्छन्। साल २०२३-मा वनडे पदार्पण गर्ने सुदर्शन टी२० प्रारूपमा असाधारण फर्ममा छन्। यसबीच चयनकर्ताहरूका निम्ति सबैभन्दा ठूलो मुद्दा पेस बलर जसप्रीत बुमराह र मोहम्मद सिराजको उपलब्धता हुनेछ। दुवै बलरको विभिन्न प्रारूपहरूमा काम गर्ने बोझलाई सावधानीपूर्वक प्रबन्धित गरिएको छ अनि चयन बैठक अघि उनीहरूका फिटनेस जाँच हुने सम्भावना छ।