मन्नेपल्ली पछि लक्ष्य सेन पनि मकाऊ ओपनबाट बाहिर

IMG-20250802-WA0113

मकाऊ: भारतको मकाऊ ओपन सुपर ३०० ब्याडमिण्टन टुर्नामेण्टमा अभियान समाप्त भयो। लक्ष्य सेन र तरुण मन्नेपल्ली पुरुष एकलको सेमिफाइनलमा हारेर बाहिर भए। वर्ल्ड च्याम्पियनशीप २०२१-का काँस्य पदक विजेता तथा वर्तमान कमनवेल्थ गेम्स च्याम्पियन लक्ष्यलाई इण्डोनेशियाका अलवी फरहानले ३९ मिनटमा २१–१६, २१–९-ले पराजित गरे। यसरी तरुण मन्नेपल्लीलाई मलेशियाका जस्टिन होहले ३ गेमको म्याचमा पराजित गरे। वर्ल्ड ऱ्याङकिंगमा ४७औं स्थानमा रहने २३ वर्षीय मन्नेपल्लीले मजबूत शुरुवात गरे पनि पछिबाट लगातार गल्तीहरू गरे। यसैकारण उनी २१ मिनटसम्म चलेको म्याचमा २१–१९, १६–२१, १६–२१-ले पराजित भए। विश्वका १७औं नम्बरका खेलाड़ी लक्ष्यको निम्ति यो सीजन कठिन रहेको छ, जो ७ पल्ट पहिलो अनि २ पल्ट दोस्रो राउण्डमा बाहिर भइसकेका छन्। काँध, कम्मर र खुट्टाको चोटसँग जुझिरहेका लक्ष्यले पेरिसमा हुने वर्ल्ड च्याम्पियनशीप अघि आत्मविश्वास हासिल गर्न यस टुर्नामेण्टमा खेलेका थिए। २००३-को जूनियर वर्ल्ड च्याम्पियन फरहानले उत्कृष्ट प्रदर्शन गर्दै उनलाई सेमिफाइनलमा पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement