टोरण्टो: दोस्रो वरीयता प्राप्त अमेरिकाका टेलर फ्रिट्जले कनाडाका ६ फूट ८ इञ्च अग्लो गेब्रियल डायलोलाई ६–४, ६–२-ले पराजित गरी नेशनल ब्यांक ओपन टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा प्रवेश गरे। फ्रिट्जको सामना अब चेक रिपब्लिकका १९औं वरीयता प्राप्त जिरि लेहेकासँग हुनेछ, जसले फ्रान्सका १५औं वरीयता प्राप्त आर्थर फिल्सलाई ३–६, ६–३, ६–४-ले पराजित गरे। यसरी अमेरिकाका बेन शेल्टनले आफ्नै देशका ब्रेण्डन नकाशिमालाई ६–७, ६–२, ७–६-ले पराजित गरे। अब उनको सामना इटलीका १३औं वरीयता प्राप्त फ्लावियो कोबोलीसँग हुनेछ। रुसका छैटौं वरीयता प्राप्त आन्द्रेइ रुबलेवले इटलीका लोरेञ्जो सोनेगोलाई ५–७, ६–४, ६–३-ले पराजित गरे। सातौं वरीयता प्राप्त अमेरिकाका फ्रान्सिस टियाफोले अष्ट्रेलियाका अलेक्जेण्डर वुकिचलाई ६–३, ४–६, ६–३-ले पराजित गरे। अब उनले आफ्नै देशका एलेक्स डी मिनौरविरुद्ध खेल्नेछन्।
यसरी महिला एकलमा गत २ पल्टकी च्याम्पियन जेसिका पेगुलाले तेस्रो राउण्डको म्याचमा अनास्तासिया सेवास्तोवाविरुद्ध ६–३, ४–६, १–६-ले हारको सामना गर्नु पऱ्यो। लात्वियाकी ३५ वर्षीय सेवास्कोवा २०१८-मा ११औं ऱ्याङकिंगमा थिइन् तर अहिले ३८६औं स्थानमा रहेकी छन्। अब उनको सामना जापानकी नाओमी ओसाकासँग हुनेछ, जसले लात्वियाकी येलेना ओस्टापेंकोलाई ६–२, ६–४-ले पराजित गरिन्। अन्य म्याचहरूमा विम्बल्डन च्याम्पियन पोल्याण्डकी इगा स्वियातेकले जर्मनीकी इवा लिसलाई सीधा सेटमा ६–२, ६–२-ले पराजित गरिन्। अब उनको सामना डेनमार्ककी क्लारा टाउसनसँग हुनेछ, जसले युक्रेनकी यूलिया स्टारोडुबत्सेवालाई ६–३, ६–०-ले पराजित गरिन्। पाँचौं वरीयता प्राप्त अमेरिकाकी अमाण्डा अनिसिमोवाले ईंग्ल्याण्डकी एम्मा राडुकानुलाई ६–२, ६–१-ले पराजित गरिन्। अब उनले युक्रेनकी दशौं वरीयता प्राप्त एलिना स्वितोलिनाविरुद्ध खेल्नेछिन्, जसले रुसकी एन्ना कालिन्स्कायालाई ६–१, ६–१-ले पराजित गरिन्। छैटौं वरीयता प्राप्त अमेरिकाकी मेडिसन कीज पनि आफ्नै देशकी केटी म्याकनेलीलाई २–६, ६–३, ६–३-ले पराजित गर्न सफल भइन्।