हेपाटाइटिसबाट जोगिऔं

IMG-20250801-WA0109

बिश्वामित्र

हेपाटाइटिस भनेको कलेजोमा समस्या हुनु हो । कलेजो सुन्निने अवस्था हो। यो प्रायः विषाणु (भाइरस)का कारणले हुन्छ। अत्यधिक मदिरा सेवन, केही औषधिहरू वा अन्य स्वास्थ्य समस्याले पनि हुन हेपाटाइटिस हुन सक्छ।
हेपाटाइटिस मुख्यतः पाँच किसिमको हुन्छ,—हेपाटाइटिस ए, हेपाटाइटिस बी, हेपाटाइटिस सी, हेपाटाइटिस डी र हेपाटाइटिस ई।
कसरी सर्छ?
हेपाटाइटिस ए र ई दूषित पानी वा खानाबाट सर्छ। दूषित वातावरणबाट सर्छ। त्यस्तै हेपाटाइटिस बी र सी असुरक्षित यौन सम्पर्क र संक्रमित व्यक्तिको रगत लिँदा सर्छ। असुरक्षित सुई वा धारिलो सामानको प्रयोगबाट पनि हेपाटाइटिस बी र सी सर्न सक्छ। प्रसूतिको बेला संक्रमित आमाबाट बच्चामा पनि सर्न सक्छ ।
हेपाटाइटिस ‘डी’ पनि संक्रमणयुक्त रगत (जस्तै संक्रमणयुक्त रगत चढाउँदा वा सुई प्रयोग गर्दा) बाट फैलिन सक्छ।
लक्षणहरू:
– आँखाको सेतो भाग र छाला पहेँलो हुनु
– अत्यधिक थकान महसुस हुनु
– पखाला लाग्नु
– वाकवाकी लाग्नु वा बान्ता हुनु
– पेट दुख्नु (विशेषगरी पेटको दायाँ माथिल्लो भागमा)
– पिसाब गाढा पहेँलो हुनु
– खान मन नलाग्नु
– जोर्नी तथा मांसपेशीहरू दुख्नु
– ज्वरो आउनु
कसरी जोगिने?
– साबुनपानीले राम्रोसँग हात मिचिमिची धुने
– सफा शुद्धीकरण गरिएको पानी पिउने
– सफा, सुरक्षित खाना खाने
– अरूले प्रयोग गरेका सुई, ब्लेड, ब्रसको प्रयोग नगर्ने
– असुरक्षित यौन सम्पर्क नगर्ने
– हेपाटाइटिसविरुद्धको खोप लगाउने

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement